‘अर्कै व्यक्ति’सँग लागेको आशंकामा श्रीमानले गरे श्रीमतीको हत्या बिहीबार, चैत २२, २०८०

बझाङमा कार्यरत प्रहरी जवान धनगढीमा मृत भेटिए बिहीबार, चैत २२, २०८० धनगढीमा एक जना प्रहरी जवान मृत भेटिएका छन्। दार्चुलाको शैल्यशिखर—९ घर भई जिल्ला प्रहरी कार्यालय बझाङमा कार्यरत सुरुज बिक धनगढी उपमहानगरपालिका—७ स्थित मनेहरा सामुदायिक वनमा मृत भेटिएका हुन्।

मदिरा सेवन गरी होहल्ला गरेको आरोप गायक राजेशपायल राई पक्राउ बिहीबार, चैत २२, २०८० गायक राजेशपायल राई पक्राउ परेका छन्। मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा राई गएराति पक्राउ परेका हुन्।

डोटीमा ढुङ्गा, हँसिया र बन्चरो प्रहार गरी सौताको हत्या गर्ने महिला पक्राउ बिहीबार, चैत २२, २०८० सौताको हत्या गरेको आरोपमा डोटीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। स्थानीय ४२ वर्षीया दुर्गा घर्तीमगरको हत्या आरोपमा बडीकेदार गाउँपालिका–२ की ३७ वर्षीया यमुना घर्तीमगर पक्राउ परेकी हुन्। बडीकेदार गाउँपालिका–२ कोटकेलाका दलबहादुर घर्तीमगरकी जेठी श्रीमती दुर्गा टकेनाखोलामा रहेको पानीघट्टभित्र मृत फेला परेकी थिइन्।
![१९ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस [सूचीसहित]](https://newsgriha.com/uploads/posts/520X390/nepal-Police1683699981.png)
१९ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस [सूचीसहित] बिहीबार, चैत २२, २०८० प्रहरी प्रधान कार्यालयले १९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा गर्न सिफारिस गरेको छ।बुधबार बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार रिक्त दरबन्दीमा बढुवा सिफारिस गरेको हो।

बागमतीसहित यी पाँच प्रदेशमा आज हल्का वर्षाको सम्भावना बिहीबार, चैत २२, २०८० हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक बदली देखि मुख्यतया मौसम सफा रहेको छ।

हतियार देखाएर इनरुवा दिनदहाडै लुटपाट बिहीबार, चैत २२, २०८० मोटरसाइकलमा आएको अज्ञात समूहले पाँच लाख ३५ हजार रुपैयाँ लुटेका हुन्। हरिनगर गाउँपालिका–२ का सदाम अन्सारीले इनरुवाबाट जग्गा बिक्री गरेर घरतर्फ गइरहेको बेला तीन जनाको समूहले बबियामा सवारी रोकी हतियार देखाएर लुटपाट गरेको पीडितका बुबा सलामुद्दिन अन्सारीले बताए।

५ जनाको ज्यान जानेगरि भएको त्रिशुली दुर्घटनामा बेपत्ता युवकको शव भेटियो बिहीबार, चैत २२, २०८० घटनाको चार दिनपछि विवशको शव त्रिशूली नदी किनारमा फेला परेको हो। शनिबार काठमाडौंमा निधन भएका बुवा शङ्कर रोकाको पशुपतिमा अन्त्येष्टि गरी गोरखा फर्कने क्रममा बा२ज ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारा नजिकैबाट त्रिशूली नदीमा खसेको थियो। सोही दुर्घटनामा विवश बेपत्ता भएका थिए ।

निलम्बित न्यायाधीश भुवन गिरी पक्राउ बुधबार, चैत २१, २०८० सर्वोच्च अदालतले थुनामा राखेर वैवाहिक बलात्कार मुद्दामा पुर्पक्ष गर्न आदेश दिएसँगै निलम्बित न्यायाधीश भुवन गिरी पक्राउ परेका छन्। उनलाई अदालत परिसरबाटै पक्राउ गरिएको प्रहरी स्रोतले बतायो। मुद्दाको सुनवाइका लागि उनी सर्वोच्चमा उपस्थित थिए ।श्रीमती आरती रावलले दिएको बलात्कारको मुद्दामा गिरीलाई सर्वोच्चले थुनामा राख्न आदेश गरेको हो। जिल्ला अदालतले उनलाई...

रोकिएन मोटरसाइकल चोरीका घटना, काठमाडौं उपत्यकामा बर्सेनि बढ्दो बुधबार, चैत २१, २०८० धेरैजसो साँझ र रातको समयमा मोटरसाइकल चोरी हुने गरेको निवेदन आउने गरेको ट्राफिक प्रहरीले जनाएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठ भन्छन्, ‘चोरी भएका सवारीसाधनको विशुद्ध खोजतलास र अनुसन्धानका लागि ‘भिक्टिम सपोर्ट युनिट’ स्थापना गरिएको छ। युनिटले तत्कालै परिचालित भई केकस्तो सवारीसाधन कहाँबाट चोरी...

गृहमन्त्री लामिछाने पत्नी निकिता आबद्ध सहकारीमा महानगरको छापा बुधबार, चैत २१, २०८० महानगरको अनुगमन टोलीका एक सदस्यका अनुसार बिजुलीबजारमा रहेको सहकारी कार्यालयबाट पछिल्लो साधारणसभाको उपस्थिति निर्णय सहित माइन्युट, सहकारीबाट ऋण लिने ऋणीको विवरण, बचतकर्ताको विवरण ल्याएको छ।

वैवाहिक बलात्कार मुद्दामा न्यायाधीश भुवन गिरीलाई थुनामा पठाउन सर्वोच्चको आदेश बुधबार, चैत २१, २०८० सर्वोच्च अदालतले वैवाहिक बलात्कारको आरोप लागेका न्यायाधीश भुवन गिरीलाई थुनामा पठाउन आदेश दिएको छ।न्यायाधीशहरू हरि फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासले जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामा पठाउन आदेश दिएको हो।

जबर्जस्ती करणी मुद्दामा थुनामा रहेका आरोपितको मृत्यु बुधबार, चैत २१, २०८० नेपालगञ्ज कारागारका एकजना वृद्ध थुनुवा (कैदी)को मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका–८ का ६६ वर्षीय अब्दुलवारी जोलाहको हृदयघातका कारण मृत्यु भएको कारागारका प्रमुख जेलर अर्जनजङ्ग शाहले बताए।









