सुनसरीको अवस्था सामान्य बन्दै, कर्फ्यु भने कायमैशनिबार, चैत २४, २०८०

त्रिशूलीको पुलको लठ्ठा चुँडियो, आवागमन बन्द शनिबार, चैत २४, २०८० देवीघाट जलविद्युत् केन्द्रको निर्माणको समयमा करिब ४० वर्षअघि निर्माण भएको पुलका मुख्य चारमध्ये एउटा लठ्ठा चुँडिएकाले पुलबाट आवागमन बन्द गरिएको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले जानकारी दिए।

बैंकिङ कसुर मुद्दाका अभियुक्त पक्राउ शुक्रबार, चैत २३, २०८० काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ६ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१२ बस्ने वर्ष ३३ को अमृत थापा छन्।

बैतडीमा ट्रयाक्टर दुर्घटना अपडेटः मृतकको सनाखत शुक्रबार, चैत २३, २०८० शुक्रबार बिहान ट्रयाक्टर दुर्घटनामा मृत्यु भएका दुवै जनाको सनाखत भएको छ। जिल्लाको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्रयाक्टर जयपृथ्वीबहादुर सिंह राजमार्गको पाटन नगरपालिका–८ झौलेक मोडमा दुर्घटनामा परेको थियो।

सन्दीप लामिछानेको मुद्दामा प्रत्यर्थी झिकाउन आदेश शुक्रबार, चैत २३, २०८० बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनले प्रत्यर्थी झिकाउन आदेश गरेको छ।काठमाडौं जिल्ला अदालतबाट गत पुस २५ मा भएको फैसलाविरुद्ध सन्दीप फागुन १० गते पुनरावेदनमा गएका थिए।

काठमाडौंका विद्यालयले पोशाक र स्टेसनरी बिक्री गर्न नपाउने, महानगरले गर्यो परिपत्र शुक्रबार, चैत २३, २०८० काठमाडौं महानगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयले पोशाक र स्टेसनरी बिक्री गर्न नपाउने भएका छन्।महानगरपालिका अन्तर्गतको शिक्षा विभागले विद्यालयहरूलाई परिपत्र गर्दै प्रचलित कानुन विपरीत नगर्न सचेत गराएको छ।शैक्षिक वर्ष २०८१ का लागि प्रयोग गर्ने पाठ्यपुस्तक, पोशाक तथा स्टेसनरी विद्यालयबाटै बिक्री गर्न र किन्न बाध्य बनाउन नपाउने शिक्षा विभागकी निमित्त...

'वैवाहिक बलात्कार' मुद्दामा गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, चैत २३, २०८० यक रवि ओडविरुद्ध उनका श्रीमतीले कञ्चनपुर प्रहरी कार्यालयमा वैवाहिक बलात्कार मुद्दामा जाहेरी दिएकी छन्।आफूमाथि वैवाहिक बलात्कार गरेको भन्दै उनले यही चैत २० गते जाहेरी दिएकी हुन्।

दोलखामा नर्सिङ पढ्दै गरेकी किशोरीले गरिन् आत्महत्या शुक्रबार, चैत २३, २०८० दोलखामा होस्टलको पाँच तलामाथिबाट फाल हान्दा १८ वर्षीया किशोरीको मृत्यु भएको छ। कास्कीको पोखरा महानगरपालिका—१० रामबजार घर भई हाल दोलखामा बसेर नर्सिङ पढ्दै गरेकी १८ वर्षीया करुणा अधिकारीको पाँच तला माथिबाट फाल हान्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

उत्तरी गाजामा ‘इरेज गेट’ खोल्न इजरायल तयार शुक्रबार, चैत २३, २०८० गाजामा राहत सामग्री पुर्याउन इजरायलले तीनवटा मार्ग खोल्ने भएको छ। युद्ध शुरु भएयता पहिलो पटक उत्तरी गाजामा ‘इरेज गेट’ अस्थायी रूपमा खोल्न इजरायल सहमत भएको हो।मानवीय सहायता सामग्री आगमन सहज बनाउन अस्दोद बन्दरगाह र जोर्डनबाट गाजामा राहत सामग्री प्रवेश गराउन केरेम शालोम क्रसिङ पनि खोलिनेछ।

मधेसको दुष्कीर्ति बालविवाह रोक्ने सामूहिक प्रतिबद्धता शुक्रबार, चैत २३, २०८० देशका अन्य भागको तुलनमा मधेसको चुनौती बनेको बालविवाह र दहेजजस्ता सामाजिक विकृति अन्त्य गर्न सरोकारवालाहरुले सामूहिक रूपमा प्रतिबद्धता जनाएका छन्।बर्दिबासमा बिहीबार सम्पन्न ‘बालविवाह अन्त्यका लागि धार्मिक गुरुहरुको भूमिका’ विषयमा भएको छलफलका सहभागीले आआफ्ना ठाउँमा बाल विवाहलाई हुन नदिन नेतृत्वदायी भूमिका निर्वाह गर्ने सामूहिक प्रतिबद्धता जनाएका हुन् ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना शुक्रबार, चैत २३, २०८० पश्चिमी र स्थानीय वायुको प्रभाव रहँदा आज बिहान देशभर आंशिक बदलीदेखि साधारणतया बदली रहेको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा साथै बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

कोटेश्वरमा ट्राफिक प्रहरीलाई ठक्कर दिने बसका चालक कारागार चलान बिहीबार, चैत २२, २०८० ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका सई टोपबहादुर खत्रीलाई ठक्कर दिने बसका चालक पुर्पक्षका लागि थुनामा पठाइएका छन्।फागनु २० मा कोटेश्वरमा ड्युटीमा खटिएका खत्रीलाई प्रदेश ३–०१–००५ ख ९७५५ नम्बरको बसले ठक्कर दिएको थियो। बसको ठक्करबाट गम्भीर घाइते भएका उनको फागुन २७ मा उपचारका क्रममा माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा मृत्यु भएको थियो।

हत्या आरोपमा पक्राउ परेका माओवादी नेता कालीबहादुर खामको मुद्दा हेर्दाहेर्दैमा बिहीबार, चैत २२, २०८० हत्या अभियोगमा पक्राउ परेका सत्तारूढ नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खामको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।बिहीबार जिल्ला अदालत चितवनमा उपस्थित गराइएका खामको न्यायाधीश दयाराम ढकालको इजलासमा बयान लिइएको हो।माओवादीका राष्ट्रिय सुरक्षा विभाग सदस्य रहेका खाममाथि २०६५ वैशाखमा व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप छ।









