News Griha :: न्यूजगृह
सन्दीप लामिछानेको मुद्दामा प्रत्यर्थी झिकाउन आदेश

काठमाडौं —  बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनले प्रत्यर्थी झिकाउन आदेश गरेको छ।

काठमाडौं जिल्ला अदालतबाट गत पुस २५ मा भएको फैसलाविरुद्ध सन्दीप फागुन १० गते पुनरावेदनमा गएका थिए।

सरकारी वकिल पनि सन्दीपको मुद्दामा पीडित गौशाला–२६ नाबालिग नभएको फैसलाविरुद्ध चैत २ मा पुनरावेदनमा गएको थियो। 

सरकारी वकिलले पीडित गौशाला–२६ नाबालिग नै भएको भन्दै सन्दीपलाई हैदसम्मको अर्थात् १३ वर्ष कैदको माग दाबी गरेको छ।

शुक्रबार उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश कृष्णराम कोइरालाको संयुक्त इजलासमा दुवै पुनरावेदनमाथि सुनुवाइ भएको थियो।

संयुक्त इजलासले दुवै पुनरावेदनमा एउटौ ‘प्रत्यर्थी झिकाउन’आदेश गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १९:११
Weather Update