फेवातालमा डुंगा दुर्घटनामा परेका युवकको सकुशल उद्धारआइतबार, चैत २५, २०८०

सेवाग्राहीसँग घुस लिएका असई र वरिष्ठ हवल्दारविरुद्ध भ्रष्टाचार मुद्दा आइतबार, चैत २५, २०८० सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका प्रहरी चौकी कान्तिबजार महोत्तरीका यादव र झाविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

अब श्रम स्वीकृति एक घण्टामै आइतबार, चैत २५, २०८० श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जानेका लागि कामदारको श्रम स्वीकृति एक घण्टामै पाइने व्यवस्था गरेको छ। विभागीय मन्त्री डोलप्रसाद अर्यालले सिंहदरबारस्थित मन्त्रालयमा आइतबार पत्रकार सम्मेलनमार्फत यो घोषणा गरेका हुन्।

पूर्वमन्त्री महेश बस्नेतविरुद्ध जाहेरी: भ्रूण हत्या, बलात्कार र डाँका चोरीको आरोप आइतबार, चैत २५, २०८० नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएको छ। मुलुकी अपराध संहिता–२०७४ अनुसार उनी विरुद्ध प्रहरीमा फौजदारी कसुरमा जाहेरी दर्ता भएको हो।पार्टीकै सङ्गठित ३१ वर्षीय महिलाले उनीविरुद्ध भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाएर जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गराएकी हुन्। पीडितले...

भक्तपुरमा १३ वर्षीया बालिकामाथि बलात्कार, २३ वर्षीय युवक पक्राउ आइतबार, चैत २५, २०८० भक्तपुरमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा भक्तपुर झौखेल बस्ने ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–१ घर भएका २३ वर्षीय अमृत थापा मगर छन् ।

पूर्वमन्त्री शाहीलाई वाइडबडीमा फसाइएको भन्दै तरुण युवाले गरे सभापति देउवाको ध्यानाकर्षण आइतबार, चैत २५, २०८० नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले पूर्वमन्त्री जीवनबहादुर शाहीलाई वाइडबडीमा फसाइएको भन्दै सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तथ्यहीन आरोप लगाएर पार्टीका केन्द्रीय सदस्य समेत रहेका शाही फसाएको भन्दै तरुण दल केन्द्रीय सदस्य जित क्षेत्रीको नेतृत्वमा गएको टोलीले सभापतिको ध्यानाकर्षण गराएको हो।

भिक्षुमाथि प्रहरीको दुर्व्यवहार, सामाजिक सञ्जालमा चर्को आलोचना आइतबार, चैत २५, २०८० बौद्ध भिक्षुमाथि प्रहरीले काठमाडौंमा गरेको दुर्व्यवहारको सामाजिक सञ्जालमा आलोचना भएको छ।शनिबार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानको प्रदर्शनका क्रममा प्रहरीले दुई भिक्षुलाई दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीको आलोचना भएको हो।

हतियार देखाएर सिरहामा दिनदहाडै लुटपाट आइतबार, चैत २५, २०८० सिरहामा दिनदहाड हतियार देखाएर एक समूहले रकम लुटेको छ।विष्णुपुर गाउँपालिकामा रहेको एक मनी ट्रान्सफरको लागि लैजान लागिएको १५ लाख ५० हजार रकम लुटिएको हो। घटनास्थल जिल्ला प्रहरी कार्यालयदेखि करिब पाँच सय मिटर उत्तर पर्छ।

भर्नासँगै मुगाली विद्यार्थीकाे हातहातमा पुस्तक, विद्यार्थीसँगै शिक्षक र अभिभावक पनि खुशी आइतबार, चैत २५, २०८० जिल्लाका चारवटा स्थानीय तहहरू मध्ये शुक्रबारसम्म छायाँनाथ रारा नगरपालिका, सोरु गाउँपालिका र खत्याड गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरूका लागि आवश्यक पुस्तक बिक्रेताहरूले पालिका केन्द्रहरूमा पुर्याइ सकेका छन्। छायाँनाथ रारा नगरपालिकामा रहेका ४५ सामुदायिक विद्यालयका लागि पहिलो चरणमा ४ हजार ५ सय सेट पुस्तक जिल्लामा पुगिसकेको पुस्तक बिक्रेता जयलक्ष्मी पुस्तक पसलका प्रोपाइटर...

रौतहटमा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु, शव घटनास्थलमै राखेर स्थानीयको विरोध आइतबार, चैत २५, २०८० रौतहटको गुजरा नगरपालिकामा ट्याक्टरको ठक्करबाट आइतबार १३ वर्षीय बालकको मृत्यु भएको छ।धन्सारबाट जंगलसैयातर्फ आउँदै गरेको ७ त ७५७ नम्बरको धागो काट्ने ट्याक्टरले ठक्कर दिँदा गुजरा नगरपालिका–४ मुस्लिमटोलस्थित मामाघर बस्दै आएका १३ वर्षीय शेष सहनबाजको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

ललितपुरमा जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो आइतबार, चैत २५, २०८० ललितपुर महानगरपालिका–२३ हात्तीवनस्थित सिक्मा मेटल इन्टेक्स प्रालिमा शुक्रबार बिहान ६ बजे आगलागी भएको थियो। आगो निभाइसकेपछि एक व्यक्ति जलेको अवस्थामा मृत फेला परेका थिए। उनको शरीर जलेकाले मृतकको सनाखत हुन सकेको थिएन।

सर्लाहीको मनकामना सहकारी संस्थामा आगलागी आइतबार, चैत २५, २०८० सर्लाहीको हरिवनमा रहेको मनकामना सहकारी संस्थामा आगलागी भएको छ। हरिवन नगरपालिका ११ हरिवन बजारमा रहेको मनकामना सहकारी संस्थामा आइतबार बिहान आगलागी भएको हो।अहिले पनि आगलागी भइरहेको प्रहरीले जनाएको छ। हरिवन नगरपालिकाको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ।

यी प्रदेशमा हल्का वर्षा र हावाहुरीको सम्भावना आइतबार, चैत २५, २०८० आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागको एक/दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको...









