भक्तपुरमा १३ वर्षीया बालिकामाथि बलात्कार, २३ वर्षीय युवक पक्राउ

काठमाडौं— भक्तपुरमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भक्तपुर झौखेल बस्ने ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–१ घर भएका २३ वर्षीय अमृत थापा मगर छन् ।
उनलाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अमृतले ती बालिकालाई गत माघ १८ गतेदेखि पटकपटक बलात्कार गरेको उजुरीको आधारमा प्रहरी प्रभाग ब्यासीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, चैत २५, २०८० १४:५२













