News Griha :: न्यूजगृह
रौतहटमा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु, शव घटनास्थलमै राखेर स्थानीयको विरोध 

रौतहट — रौतहटको गुजरा नगरपालिकामा ट्याक्टरको ठक्करबाट आइतबार १३ वर्षीय बालकको मृत्यु भएको छ।

धन्सारबाट जंगलसैयातर्फ आउँदै गरेको ७ त ७५७ नम्बरको धागो काट्ने ट्याक्टरले ठक्कर दिँदा गुजरा नगरपालिका–४ मुस्लिमटोलस्थित मामाघर बस्दै आएका १३ वर्षीय शेष सहनबाजको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

साइकल चलाएर गाउँतिर जाने क्रममा ट्याक्टरले ठक्कर दिँदा सहनबाजको टाउकोमा गम्भीर चोट लागेको थियो। तत्कालै उपचारका लागि चन्द्रनिगाहपुर लग्दै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरीको भनाइ छ। बालकको शवलाई घटनास्थलमै राखेर स्थानीयले जंगलसैया–धन्सार सडक अवरुद्ध पारेका छन्।

प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ।

अप्रिय घटना रोक्न घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ११:४६
Weather Update