News Griha :: न्यूजगृह
सर्लाहीको मनकामना सहकारी संस्थामा आगलागी

काठमाडौं — सर्लाहीको हरिवनमा रहेको मनकामना सहकारी संस्थामा आगलागी भएको छ। 

हरिवन नगरपालिका ११ हरिवन बजारमा रहेको मनकामना सहकारी संस्थामा आइतबार बिहान आगलागी भएको हो।

अहिले पनि आगलागी भइरहेको प्रहरीले जनाएको छ। हरिवन नगरपालिकाको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ। 

संस्थाको कार्यालय भित्रबाट धुँवाको मुस्लो देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन्।

अहिले ठूलो सङ्ख्यामा स्थानीय र प्रहरी आगो निभाउन घटनास्थलमा खटिएका स्थानीय युवा हरि निरौलाले जानकारी दिए। 

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  ०७:२०
Weather Update