हतियार देखाएर सिरहामा दिनदहाडै लुटपाट
सिरहा — सिरहामा दिनदहाड हतियार देखाएर एक समूहले रकम लुटेको छ।
विष्णुपुर गाउँपालिकामा रहेको एक मनी ट्रान्सफरको लागि लैजान लागिएको १५ लाख ५० हजार रकम लुटिएको हो। घटनास्थल जिल्ला प्रहरी कार्यालयदेखि करिब पाँच सय मिटर उत्तर पर्छ।
भारतीय नम्बरप्लेटको मोटरसाइकलमा आएका लुटेरा समूहले स ९ प ६३१० नम्बरको मोटरसाइकलमा रकमसहित आइरहेका पुरुषोत्तम यादवलाई हतियार देखाएर नगद सहित २ थान ग्लोबल आईएमई बैंकको र ३ वटा राष्ट्रिय वाणिज्य बैंकको खाली चेक र मोबाइलसमेत लुटेर लगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
लुटिएको रकम विष्णुपुर गाउँपालिका–१ का कुशेश्वर यादवले सञ्चालन गर्दै आएको मनी ट्रान्सफरको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी मुक्तिनाथ सापकोटाले घटनाको पुष्टि गर्दै थप विवरणहरू संकलन भइरहको जानकारी दिए।
प्रकाशित मिति: आइतबार, चैत २५, २०८० १३:००













