पूर्वमन्त्री शाहीलाई वाइडबडीमा फसाइएको भन्दै तरुण युवाले गरे सभापति देउवाको ध्यानाकर्षण

काठमाडौं — नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलले पूर्वमन्त्री जीवनबहादुर शाहीलाई वाइडबडीमा फसाइएको भन्दै सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तथ्यहीन आरोप लगाएर पार्टीका केन्द्रीय सदस्य समेत रहेका शाही फसाएको भन्दै तरुण दल केन्द्रीय सदस्य जित क्षेत्रीको नेतृत्वमा गएको टोलीले सभापतिको ध्यानाकर्षण गराएको हो।
तरुण दलले भनेको छ, ‘अनावश्यक कुरामा तथ्यहीन प्रमाणको आधार बनाएर बहुचर्चित नेता शाहीलाई निशाना बनाएर सिङ्गो कांग्रेसमाथिको हमला गरिएको छ।’
शाहीलाई वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
वाइडबडी खरिदमा १ अर्ब ४७ करोड भ्रष्टाचार, यी हुन् प्रतिवादी बनाइएका मुख्य आरोपित
प्रकाशित मिति: आइतबार, चैत २५, २०८० १४:३९













