आगो निभाउँदा जलेर गम्भीर घाइते भएका एक सैनिकको मृत्युमंगलबार, चैत २७, २०८०

ट्होटे पर्व मनाउन कास्कीका तीन पालिकामा बिदा मंगलबार, चैत २७, २०८० तमु (गुरुङ) समुदायको परम्परागत पर्व ट्होटेका अवसरमा कास्कीका तीन स्थानीय तहले मंगलबार बिदा दिएका छन्। मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाले बिदा दिएका हुन्।

नियन्त्रणमा आयो सशस्त्र प्रहरीको गोदाममा भएको आगलागी सोमबार, चैत २६, २०८० काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय गोदाम घरमा भएको आगलागी नियन्त्रणमा आएको छ। सोमबार बेलुका पौने ५ बजेतिर सशस्त्रका कर्मचारीको बन्दोबस्ती सङ्गठनका लागि चाहिने अन्य सामान भण्डारण गरिएको गोदाम घरमा आगलागी भएको थियो।

ठूलो दुर्घटनाबाट जोगियो समिट एअरको जहाज सोमबार, चैत २६, २०८० धनगढीबाट बझाङका लागि उड्नै लागेको समिट एअरको जहाज दुर्घटनाबाट जोगिएको छ। जहाजको दुवैतिरको पंखा नजिकबाट इन्धन चुहिएपछि उड्नै लागेको जहाजको इन्जिन बन्द गरी ग्राउण्डेड गरिएको छ।नाइन एनएमजी कल साइन भएको उक्त जहाजमा इन्धन चुहिएको बारे विमान चालक दलका सदस्यले कुनै पनि सुइँको पाएका थिएनन्।

आगो निभाउने क्रममा घाइते भएका सैनिकको हेलिकप्टरबाट उद्धार सोमबार, चैत २६, २०८० ठूलीभेरी नगरपालिका–४ मा पर्ने मस्टा भवानी सामुदायिक वनमा आइतबार दिउँसो सल्किएर निभाइ सकेको आगो सोमबार पुनः लागेपछि निभाउने क्रममा देवीदत्त गण भदालेका चार सैनिक घाइते भएका थिए।

सशस्त्र गोदाममा आगलागी: एआईजीको नेतृत्वमा छानविन समिति गठन सोमबार, चैत २६, २०८० सशस्त्र प्रहरी बल नेपालको बलम्बुस्थित केन्द्रीय गोदाम घरमा भएको आगलागीबारे छानविन गर्न एआईजीको नेतृत्वमा ९ सदस्यीय समिति गठन भएको छ।सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कार्यविभागका एआईजी वंशीराज दाहालको नेतृत्वमा प्राविधिक अधिकृतहरू समेत सम्मिलित समिति गठन गरेका हुन्।

गोली प्रहार गरी पाँच लाख रुपैयाँ लुटपाट गर्ने २ जना पक्राउ सोमबार, चैत २६, २०८० सुनसरी सदरमुकाम इनरुवा–९ बवियाबाट गोली प्रहार गरी पाँच लाखभन्दा बढी रकम लुटपाट गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ। पक्राउ पर्नेमा सप्तरी हनुमान कङ्कालिनी–३ का २९ वर्षीय इब्रान मन्सुरी मियाँ र भोक्राहा नरसिंह–४ का ३६ वर्षीय उमेश मुखिया रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए। जिल्ला...
![बलम्बुस्थित सशस्त्र प्रहरीको गोदाममा लागेको आगो नियन्त्रणमा लिन ७ वटा दमकल र ट्यांकर परिचालन [अपडेट]](https://newsgriha.com/uploads/posts/520X390/balambu_apfgodam_aaglagi-1712579424.jpg)
बलम्बुस्थित सशस्त्र प्रहरीको गोदाममा लागेको आगो नियन्त्रणमा लिन ७ वटा दमकल र ट्यांकर परिचालन [अपडेट] सोमबार, चैत २६, २०८० काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरीको केन्द्रीय गोदाममा एक घण्टादेखि भीषण आगलागी भएको छ।सोमबार साँझ उक्त सशस्त्र प्रहरी अस्पतालनजिकै रहेको केन्द्रीय गोदाममा आगलागी भएको हो। आगलागीपछि घटनास्थलबाट ठूलो मात्रामा धुवाँ फैलिएको छ।

बलम्बुस्थित सशस्त्र प्रहरीको गोदाममा आगलागी सोमबार, चैत २६, २०८० सशस्त्र प्रहरीको बलम्बुस्थित केन्द्रीय गोदामघरमा सोमबार दिउँसो आगलागी भएको छ। सशस्त्र प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी अस्पतालको गोदाम रहेको घरमा आगो लागेको हो।

छुरा प्रहार गरी जनकपुरमा युवकको हत्या सोमबार, चैत २६, २०८० जनकपुरधामको विश्वकर्मा चोक नजिक छुरा प्रहार गरी एक युवकको हत्या भएको छ।महोत्तरीको एकडाँडा गाउँपालिका घर भएका २० वर्षीय प्रिन्सकुमार महासेठको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले बताए।

वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा प्रहरीको छापा, सञ्चालक पक्राउ सोमबार, चैत २६, २०८० पक्राउ पर्नेमा मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर (एमडी) सहनवाज अन्सारी र ल्याब प्रमुख सञ्जय साह छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले सोमबार दिउँसो पक्राउ गरेको हो।

नुन पाउन पनि नागरिकता सोमबार, चैत २६, २०८० हुम्लाको सिमकोट, उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरिकले नागरिकता पेस गर्दा १० किलो नुन पाउँदै आएका छन्। सिमकोटस्थित साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालयले, उत्तरी नाम्खा र खार्पुनाथ गाउँपालिकाका नागरिकलाई १० किलोका दरले नुन वितरण गर्दै आएको हो।

पूर्वमन्त्री अब्दुल खान सवार गाडी धादिङमा दुर्घटना सोमबार, चैत २६, २०८० काठमाडौंबाट बर्दिया जाने क्रममा खान सवार गाडी दुर्घटनामा परेको हो। खानका स्वकीय सचिव अतिउल्लाह मुसलमानका अनुसार अर्को जिपलाई जोगाउने क्रममा भित्तामा ठोक्किन पुगेको हो। दुर्घटनामा खानसहित चालक, स्वकीय सचिव र कम्प्युटर अपरेटर घाइते छन्।









