News Griha :: न्यूजगृह
रुकुम पूर्वमा गोरेटो खन्न गएका ६ जना आगलागीमा परे 
रुकुम पूर्वमा गोरेटो खन्न गएका ६ जना आगलागीमा परे  रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका–३ रन्मामा आगलागीमा परी ६ जना घाइते भएका छन्। रन्मा गाउँदेखि पारीको चत्रा भीरमा गोरेटो बाटो खन्ने क्रममा भीरबाट खसेका ढुङ्गा एकापसमा ठोक्किँदा आगलागी भएको हो। 
आजको मौसमः यी चार प्रदेशमा बदली रहने
आजको मौसमः यी चार प्रदेशमा बदली रहने दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थानहरू साथै बाँकी पहाडी भूभागको एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै...
बिस्का: जात्रामा भैरवनाथको रथ भाँचियो
बिस्का: जात्रामा भैरवनाथको रथ भाँचियो भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्का: जात्राको पहिलो दिन पाँचतले मन्दिरस्थित टौमढीबाट तान्न सुरु गरेको प्यागोडा शैलीको भैरवनाथको रथ भाँचिएको छ। रथ तान्ने क्रममा मुख्य तीन खामा भाँचिएका गुठी कार्यालय भक्तपुरकी प्रमुख खिमा वलीले जानकारी दिइन्। रथमा धेरै क्षति पुगेकाले मर्मत गर्ने कार्य जारी रहेको बताइन्।
इस्लाम धर्मावलम्बीले आज ईद उल फित्र मनाउँदै, सार्वजनिक बिदा 
इस्लाम धर्मावलम्बीले आज ईद उल फित्र मनाउँदै, सार्वजनिक बिदा  ईद उल फित्रका अवसरमा एक आपसमा खुशियाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ। यो दिनमा मुस्लिम धर्मावलम्बी पवित्र भई सफा पवित्र लुगा लगाई मस्जिदमा गएर नमाज पढ्ने परम्परा छ। 
 ईपीएस भाषा परीक्षाको नतिजा प्रकाशित, ६ हजार ३१२ जना पास
 ईपीएस भाषा परीक्षाको नतिजा प्रकाशित, ६ हजार ३१२ जना पास ईपीएस कोरियन भाषा अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक गरिएको छ। ईपीएस कोरिया शाखाले एचआरडी कोरिया शाखाले २०८० फागुन ७ गतेदेखि चैत २४ गतेसम्म लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो।उत्पादनमूलक क्षेत्रका लागि पहिलो चरणमा ४० हजार ५८० जनाले परीक्षा दिएकोमा ६ हजार ३१२ जना पास भएका छन्।...
प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको प्रश्न– ‘हाम्रो पीडा कान खोलेर सुन्ने कि नसुन्ने?’  
प्रधानमन्त्रीलाई द्वन्द्वपीडितको प्रश्न– ‘हाम्रो पीडा कान खोलेर सुन्ने कि नसुन्ने?’   ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’, (टीआरसी विधेयक) माथि संसदीय समितिमा छलफल चलिरहेकै अवस्थामा आम द्वन्द्वपीडित समुदायले सरकारलाई चाँडो कानुन निर्माणका लागि दबाब दिएका हुन्। आम द्वन्द्वपीडित समुदायकी उपाध्यक्ष रिता कार्कीले प्रधानमन्त्रीकै कारण कानुन नबनेको भन्दै आक्रोश पोख्दै भनिन्, ‘सर्वोच्च अदालतको आदेशलाई समेत...
भोलि इदउल फित्र, सरकारले दियो सार्वजनिक बिदा
भोलि इदउल फित्र, सरकारले दियो सार्वजनिक बिदा सरकारले भोलि सार्वजनिक बिदा दिएको छ। इस्लाम धर्मावलम्बीहरुको पर्व ‘इदउल फित्र’ (ईद)को अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ।इस्लाम धर्मावलम्बीहरूले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै भोलि ईद मनाउने भएका हुन्।  केही मुस्लिमले ईदको नमाज मस्जिदमा त केहीले ‘इदगाह’मा सामूहिक भेला भइ दुई रिकात...
बागमती नगरपालिकाका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा दायर 
बागमती नगरपालिकाका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा दायर  मेयर थापाले स्रोत नखुलेको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेको थियो। सोही निवेदन सम्बन्धमा अनुसन्धान हुँदा थापाले सार्वजनिक पदको दुरुपयोग गरी पाँच करोड ३३ लाख ५३ हजार १८९ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको पुष्टि भएको आयोगले जारी विज्ञप्तिमा उल्लेख छ।
अर्घाखाँचीमा कार दुर्घटना, एक जनाको मृत्यु, ७ जना घाइते
अर्घाखाँचीमा कार दुर्घटना, एक जनाको मृत्यु, ७ जना घाइते घाइते हुनेमा भूमिकास्थान- ८ का चालक ३४ वर्षीय ईश्वरी क्षेत्री, उनकी श्रीमती ३० वर्षीया सम्झना, उनकी छोरी इभान्सी, पोखरा- १२ की ३० वर्षीया सविता अधिकारी, १५ वर्षीय प्रजोल कँडेल, ४२ वर्षीया गीता कँडेल र १० वर्षीय जेसन बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
दुर्घटनामा एकै वडाका ६ जनाको मृत्युले बाँकेको टिटिहिरिया गाउँ नै शोकमा
दुर्घटनामा एकै वडाका ६ जनाको मृत्युले बाँकेको टिटिहिरिया गाउँ नै शोकमा भारतको बेतालघाट नजिक भएको सडक दुर्घटनामा एकै वडाका ६ जनाको मृत्यु भएपछि बाँकेको टिटिहिरिया गाउँ शोकाकुल बनेको छ। भारतको पर्यटकीय क्षेत्र नैनीतालमा मजदुरी गरी नयाँ वर्ष मनाउन घर फर्कने क्रममा भारतको बेतालघाट नजिकै सोमबार राति भएको सडक दुर्घटनामा परेर बैजनाथ गाउँपालिका–८ टिटिहिरियाको थपुवा र फत्तेपुर गाउँका ६ जनाको  मृत्यु भएको...
शिक्षा मन्त्रालयले भन्यो – विदेशी सम्बन्धनका कलेजमा भर्ना नगर्नू 
शिक्षा मन्त्रालयले भन्यो – विदेशी सम्बन्धनका कलेजमा भर्ना नगर्नू  मन्त्रालयले सूचना जारी गरी ‘ए लेभल’, ‘इन्टरनेशनल ब्याकालरेट्स’, ‘सीएसईबी’ र सोसरहका कार्यक्रम सञ्चालन गर्न अनुमति लिएका ४९ संस्थाको सूची सार्वजनिक गर्दै ती बाहेकका संस्थामा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको हो।
काठमाडौंमा अझै केही दिन वायु प्रदूषण रहने
काठमाडौंमा अझै केही दिन वायु प्रदूषण रहने काठमाडौं विश्वकै सबै भन्दा बढी वायु प्रदूषण भएको शहर बनेको छ। वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले काठमाडौं विश्वको सबैभन्दा बढी वायू प्रदूषण भएको शहर रहेको छ। अहिले काठमाडौंको एयर क्वालिटी इन्डेक्स २४५ रहेको छ।
Weather Update