News Griha :: न्यूजगृह
बसको ठक्करबाट दाङमा मोटरसाइकल चालकको मृत्यु
बसको ठक्करबाट दाङमा मोटरसाइकल चालकको मृत्यु दाङमा नाइट बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।तुलसीपुरबाट–कठमाडौं आउँदै गरेको ना ६ ख १४८६ नम्बरको रात्रि बसले लु ४१ प ८०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका– १७ का  २३ वर्षीय सौगात वलीको मृत्यु भएको हो।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी पर्ने
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पानी पर्ने हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशैभर आंशिक बदली रहेको छ। दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहने छ।
बालेनको व्यंग्य- अरुलाई के भनम्, म आफै खराब छु ! 
बालेनको व्यंग्य- अरुलाई के भनम्, म आफै खराब छु !  काठमाडौं महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमा एक कवितात्मक व्यंग्य लेखेका छन्।उनले लेखेको कविताले अहिले व्यवस्था विरोधी आन्दोलन गरिरहेको राप्रपादेखि सत्तामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीसमेतलाई व्यंग्य गरेको बुझ्न सकिन्छ। 
डोल्पा आगलागीमा घाइते थप २ सैनिकको मृत्यु
डोल्पा आगलागीमा घाइते थप २ सैनिकको मृत्यु डोल्पामा भएको आगलागीमा परि घाइते भएका देवीदत्त गुल्मका थप २ जना नेपाली सेनाको मृत्यु भएको छ। उनीहरूको मंगलबार दिउँसो किर्तिपुरमा रहेको बर्न हस्पिटलमा मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। मृत्यु हुनेमा काभ्रे घर भएका ३८ वर्षका सेनाका जमदार केशवबहादुर जर्घामगर र हुम्ला घर भएका २३ वर्षका सिपाही...
सशस्त्रको गोदाम आगलागी प्रकरणमा गृहले पनि बनायो छानबिन समिति 
सशस्त्रको गोदाम आगलागी प्रकरणमा गृहले पनि बनायो छानबिन समिति  काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको गोदामघरमा सोमबार भएको आगलागी घटना छानबिन गर्न गृहमन्त्रालयले अर्को समिति बनाएको छ। यसअघि सशस्त्रले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशिराज दाहालको नेतृत्वमा नेतृत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरेको थियो।
कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित ८ जनाविरुद्ध आरोपपत्र दायर
कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित ८ जनाविरुद्ध आरोपपत्र दायर आरोप पत्र दायर गरिएकामा पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद कुस्मा, सवइन्जिनियर माधवकुमार भट्ट, वडा अध्यक्ष पटक बहादुर बम, वडा सचिव जानकी कुमारी शाही, उपभोक्ता समितिका अध्यक्ष मनराज शाही, सचिव लोकेन्द्र बम र कोशाध्यक्ष मोतिपुरा रोकाया छन्।
राप्रपाको प्रर्दशनले काठमाडौंमा ट्राफिक जाम 
राप्रपाको प्रर्दशनले काठमाडौंमा ट्राफिक जाम  राप्रपाको प्रर्दशनले  काठमाडौंमा ट्राफिक व्‍यवस्‍थापन अस्तव्यस्त बनेको छ। काठमाडौंको माइतीघर, त्रिपुरेश्वर, रत्नपार्क लगायत क्षेत्रमा सवारी साधनको चाप उच्च हुँदा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको छ।
८ रात ९ दिनसम्म मनाइने बिस्काः जात्रा आजदेखि सुरु
८ रात ९ दिनसम्म मनाइने बिस्काः जात्रा आजदेखि सुरु जात्राको पहिलो दिन मंगलबार तौमढीस्थित भैरवको रथमा पूजा गर्ने स्थानीयको बिहानदेखि भीड लागेको छ। मंगलबार बिहानदेखि सर्वसाधारणका लागि भैरवको रथमा पूजा खुला गरेर जात्राको शुभारम्भ गरिएको गुठी संस्थान कार्यालयका प्रमुख खिमा वलीले जानकारी दिइन् । उनले भनिन्, ‘मंगलबार बिहानदेखि नै नित्य पूजा सुरु गरेपछि सर्वसाधारणको पूजा सुरु भइसकेको छ, पहिला...
सङ्खुवासभामा छोराले कुटपिट गर्दा बुबाको मृत्यु
सङ्खुवासभामा छोराले कुटपिट गर्दा बुबाको मृत्यु सोमबार साँझ साढे ६ बजे ५० वर्षीय युवराज राई र उनकै छोरा २८ वर्षीय सुमन राईबीच सामान्य घरायसी विषयमा विवाद भएको थियो। साेहीक्रममा सुमनले शरीरको बिभिन्न भागमा कुटपिट तथा ढुङ्गाले टाउकोमा प्रहार गर्दा युवराज राई गम्भिर घाइते भएका थिए। 
कैलालीमा दिदीबहिनी झुन्डिएको अवस्थामा भेटिए
कैलालीमा दिदीबहिनी झुन्डिएको अवस्थामा भेटिए उनका अनुसार २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी घरको माथिल्लो तलाको धुरीमा झुन्डिएको अवस्थामा मंगलबार बिहान मृत भेटिएका हुन्। दुवै जना धुरीमा झुन्डिएको अवस्थामा भेटिए पनि यसबारे थप केही नखुलेको एसपी बिष्टले बताए। 
महँगिन थाल्यो हरियो तरकारीको भाउ [हेर्नुहोस् मूल्यसूची]
महँगिन थाल्यो हरियो तरकारीको भाउ [हेर्नुहोस् मूल्यसूची] कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि हरियो तरकारी तथा  फलफूलको मूल्य सार्वजनिक गरेको छ।  कालीमाटी तरकारी बजारमा आज धेरैजसो तरकारीको मूल्य बढेको छ भने कतिपय तरकारी हिजो अस्तिकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। च्याउ, बन्दा, भान्टा सहितका तरकारीको मूल्य आज केही बढेको छ। 
सुनसरीको चतराधाममा बाह्रवर्षे कुम्भ मेला सुरु हुँदै
सुनसरीको चतराधाममा बाह्रवर्षे कुम्भ मेला सुरु हुँदै कुम्भ मेलाका परिकल्पनाकार एवम् जगत् गुरु बाल सन्त मोहनशरण देवाचार्यका अनुसार मेलामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सरकारका मन्त्री, जनप्रतिनिधि लगायतलाई समेत निमन्त्रणा गरिएको छ। मेलामा नेपालका साथै भारत, भुटान, अमेरिका, अस्ट्रेलिया, क्यानडा, नर्वे, बेलायतलगायतबाट धार्मिक अगुवाकोसमेत सहभागिता रहने बताइएको छ।
Weather Update