अस्तव्यस्त
राप्रपाको प्रर्दशनले काठमाडौंमा ट्राफिक जाम

काठमाडौं— राप्रपाको प्रर्दशनले काठमाडौंमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ।
काठमाडौंको माइतीघर, त्रिपुरेश्वर, रत्नपार्क लगायत क्षेत्रमा सवारी साधनको चाप उच्च हुँदा ट्राफिक व्यवस्थापनमा समस्या भइरहेको छ।
अहिले भद्रकालीबाट सिंहदरबारतर्फ सवारीसाधन जान दिइएको छैन। त्यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रदर्शन गरिरहेको छ।
सरकारसँग राखेका ४० बुँदे माग पूरा नभएको विरोधमा राप्रपाले मंगलबार काठमाडौंमा प्रदर्शन गरिरहेको छ।
राप्रपाको प्रदर्शन रहेकोले सवारी साधनलाई डाइभर्जन गरिएको छ। तीनकुने, महाराजगञ्ज क्षेत्रबाट ठूला सवारी साधनलाई भित्र प्रवेश गर्न दिइएको छैन।
सम्बन्धित समाचार
राप्रपाको प्रदर्शनमा झडप
सांसद ज्ञानेन्द्र शाही पक्राउ
प्रहरीको आक्रमणबाट राप्रपा वरिष्ठ नेता बुद्धिमान तामाङ घाइते
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८० १४:५५













