News Griha :: न्यूजगृह
भिक्षुमाथि प्रहरीको दुर्व्यवहार, सामाजिक सञ्जालमा चर्को आलोचना

काठमाडौं — बौद्ध भिक्षुमाथि प्रहरीले काठमाडौंमा गरेको दुर्व्यवहारको सामाजिक सञ्जालमा आलोचना भएको छ।

शनिबार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानको प्रदर्शनका क्रममा प्रहरीले दुई भिक्षुलाई दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीको आलोचना भएको हो। 

अभियानले शनिबार काठमाडौंको भद्रकालीमा शक्ति प्रदर्शन गरेको थियो।

सोही क्रममा प्रहरी र अभियानका कार्यकर्ताबीच झडप भएको थियो। भिड नियन्त्रण गर्ने क्रममा प्रहरीले हिँड्दै गरेका भिक्षु भेषका २ जनालाई लाठी र लात्ताले हानेको भिडिओ र फोटोमा देख्न सकिन्छ। 

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १४:२७
Weather Update