ललितपुरमा जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो

काठमाडौं — ललितपुरको हात्तीवनस्थित मेटल उद्योगमा आगलागी हुँदा मृत्यु भएका व्यक्तिको सनाखत भएको छ।
मृतक काभ्रेको भुम्लु गाउँपालिका सल्लेका ५० वर्षीय राजु ठकुरी भनिने भोजबहादुर पहरी रहेको प्रहरी परिसर ललितपुरका प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए।
ललितपुर महानगरपालिका–२३ हात्तीवनस्थित सिक्मा मेटल इन्टेक्स प्रालिमा शुक्रबार बिहान ६ बजे आगलागी भएको थियो। आगो निभाइसकेपछि एक व्यक्ति जलेको अवस्थामा मृत फेला परेका थिए। उनको शरीर जलेकाले मृतकको सनाखत हुन सकेको थिएन।
तर पछि मृतकका आफन्तले शव सनाखत गरेको ललितपुर प्रहरी प्रवक्ता सुवेदीले जानकारी दिए।
प्रकाशित मिति: आइतबार, चैत २५, २०८० ०९:३५













