News Griha :: न्यूजगृह
आज काठमाडौंमा समाजवादी मोर्चाको सभा, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौं— समाजवादी मोर्चाले आज काठमाडौंमा बृहत् अन्तरक्रिया कार्यक्रम गर्दैछ।
 
सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सम्मिलित मोर्चाले काठमाडौंमा फेरि अर्को सभा गर्न लागेको हो। सभामा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालसहित चार वटै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

काठमाडौंको राष्ट्रियसभा गृहमा मंगलबार मध्यान्ह १२ बजे नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया कार्यक्रम हुने र कार्यक्रमलाई चार वटै दलका अध्यक्षहरूसहितले सम्बोधन गर्ने कार्यक्रम रहेको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 

प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री भएयता समाजवादी मोर्चालाई सत्ता रक्षा गर्ने कवजकारुपमा निरन्तर सक्रिय बनाउँदै आएका छन्।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ०७:२८
Weather Update