पौडेलद्वयलाई थप २१ दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतको अनुमतिआइतबार, चैत १८, २०८०

शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक आइतबार, चैत १८, २०८० नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै जिल्लाका स्थानीय तहका विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । हरेक वर्ष पाठ्यपुस्तक अभाव खेप्दै आएका यहाँका सामुदायिक विद्यालयले यस वर्ष शैक्षिकसत्र सुरु हुनु एक महिनाअगावै पाठ्यपुस्तक पाएका हुन् ।

स्रोत नखुलेको १८ लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ आइतबार, चैत १८, २०८० साथै थप अनुसन्धानको क्रममा स्रोत नखुलेको रकम रूपन्देहीको तिलोत्तमा नगरपालिका- ११ बस्ने ३७ वर्षीय देवेन्द्र न्यौपानेले काठमाडौं पुर्याइदिनु भनी सहचालक श्रेष्ठलाई दिएको खुलेपछि प्रहरीले न्यौपानेलाई समेत नियन्त्रणमा लिएको छ।

पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु आइतबार, चैत १८, २०८० गुल्मीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एकजनाको मृत्यु भएको छ। गुल्मीदरबार गाउँपालिका–२ घोरा निवासी रमेश सारुको छोरा १२ वर्षीय प्रिन्स सारुको मृत्यु भएको हो । प्रिन्स शनिबार बेलुकी ५ बजे बडिगाड खोलाको सोता भन्ने ठाउँमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनको आज बिहानैदेखि सशस्त्र प्रहरी, गुल्मीका सई खड्गसिंह...

काठमाडौंबाट २ जना लुटेरा पक्राउ आइतबार, चैत १८, २०८० पीडितको उजुरीपछि खटिएको प्रहरी टोलीले उनीहरूलाई चैत १६ गते बसुन्धराबाट पक्राउ गरि आइतबार सार्वजनिक गरेको हो।

टी-२० त्रिकोणात्मक सिरिजमा आज नेपालले भारतको गुजरातसँग खेल्दै आइतबार, चैत १८, २०८० त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आज आज नेपालले भारतको गुजरातसँग खेल्दैछ। भारतको स्टेट टोली गुजरातसँगको खेल दिउँसो पौने तीन बजे सुरु हुनेछ। साई मेघपन स्पोर्ट्स लाइफ ग्राउन्डमा सुरु हुने खेलमा नेपालको नेतृत्व रोहित पौडेलले सम्हाल्दा गुजरातको नेतृत्व उमांग कुमारले सम्हाल्ने छन्। नेपाल, गुजरात र बरोडाबीचको त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनका आधारमा हुनेछ।...

कीचकवधमा दुई हजार वर्ष पुरानो भवन रहेको पुष्टि आइतबार, चैत १८, २०८० भद्रपुर नगरपालिका–३ पृथ्वीनगरस्थित महाभारतकालीन कीचकवधमा दुई हजार दुई सय वर्ष पुराना पाँचवटा भवनका संरचना भएको पुष्टि भएको छ । उक्त स्थानमा पुरातत्व विभागको उत्खननपछि त्यसको पुष्टि भएको हो । पुरातत्वविद् उद्धव आचार्यले उत्खननबाट उत्तरपूर्वमा एउटा बहुतले ठूलो भवन, ठूलो भवनकै केही दक्षिणमा अर्को भवन, सोही भवनकै उत्तरपश्चिम छेउमा सेन्ट्री बस्नेसहितको...

आज एसईईका परीक्षार्थीले अनिवार्य गणितको परीक्षा दिँदै आइतबार, चैत १८, २०८० माध्यामिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत आज विद्यार्थीले अनिवार्य गणितको परीक्षा दिँदैछन्। यसअघि बिहीबार अनिवार्य अंग्रेजीको परीक्षा लेखेका परीक्षार्थीले शुक्रबार अनिवार्य नेपालीको परीक्षा दिएका थिए। यो वर्ष पाँच लाख चार हजार ४१४ जना परीक्षार्थीले एसईईको परीक्षा दिँदैछन्। जसमा २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र...

काठमाडौंको सोल्टीमोडमा मोटरसाइकलको ठक्करले पैदलयात्रीको मृत्यु आइतबार, चैत १८, २०८० काठमाडौंको सोल्टीमोडमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री एक बृद्धाको मृत्यु भएको छ। शनिबार बिहान साढे आठ बजे बा ८५ प ७१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी ती बृद्धाको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो।

घरभन्दा राम्रो शौचालय बनेपछि दङ्ग! आइतबार, चैत १८, २०८० खुट्टीखोलाको वारि र पारि दुवै किनारमा मुसहर समुदायको बसोवास छ। त्यहाँ सुविधासम्पन्न अपाङ्गतामैत्री शौचालय बनेको छ। दलितबस्तीका सदस्य विजय सदायले भने, ‘घरभन्दा राम्रो शौचालय बन्छ भनेर हामीले कल्पाना पनि गरेका थिएनौँ। चर्पी बनेसँगै खुट्टीखोलाको वरिपरि जताततै दिसा–पिसाब गर्ने कार्य रोकिएको छ। यसले वरिपरिको वातावरणमा समेत सुधार आउँदा हामी टोलवासी निकै...

कालीगण्डकी करिडोरको तिप्ल्याङ–पोखरेबगर खण्डमा कालोपत्र आइतबार, चैत १८, २०८० राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तिप्ल्याङ–पोखरेबगर खण्डमा कालोपत्र गरिएको छ।तिप्ल्याङ–महभिर–भिरकाटे–बैसरी–रातोपानी–पोखरेबगर–भुरुङ तातोपानी खण्डमा थप ६ किलोमिटर सडक कालोपत्र गरिएको हो। विसं २०७४ मा शर्मा युनाइटेड जेभीले म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटबाट अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको नागढुङ्गासम्मको १९ किलोमिटर सडकखण्ड कालोपत्र गर्न बेनी–जोमसोम–कोरला सडक आयोजनासँग ६६ करोडमा ठेक्का सम्झौता...
संक्रमणकालीन न्याय प्रक्रिया टुंगोमा पुर्याउन माग गर्दै २० जिल्लामा प्रदर्शन आइतबार, चैत १८, २०८० संक्रमणकालीन न्याय प्रक्रिया टुंगोमा पुर्याउन माग गर्दै मानव अधिकार तथा शान्ति समाजले शनिबार २० जिल्लामा दबाबमूलक प्रदर्शन गरेको छ। समाजले सो प्रक्रियालाई राजनीतिक लेनदेनको विषय बनाउन खोजिएकोप्रति चिन्ता समेत व्यक्त गरेको छ।

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध, खुलाउने प्रयास जारी आइतबार, चैत १८, २०८० पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ। लमजुङ र मनाङलाई जोड्ने एकमात्र यस सडकखण्डअन्तर्गत मस्र्याङ्दी गाउँपालिका वडा नं ४ श्रीचौरमा वर्षासँगै पहिरो जाँदा सडक अवरुद्ध भएको हो।जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईँले पहिरोका कारण सवारीसाधन सञ्चालन हुन नसक्दा यात्रुलाई समस्या भएको बताए।









