आज एसईईका परीक्षार्थीले अनिवार्य गणितको परीक्षा दिँदै

काठमाडौं— माध्यामिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत आज विद्यार्थीले अनिवार्य गणितको परीक्षा दिँदैछन्।
यसअघि बिहीबार अनिवार्य अंग्रेजीको परीक्षा लेखेका परीक्षार्थीले शुक्रबार अनिवार्य नेपालीको परीक्षा दिएका थिए।
यो वर्ष पाँच लाख चार हजार ४१४ जना परीक्षार्थीले एसईईको परीक्षा दिँदैछन्। जसमा २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना छन् ।
परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ। सबैभन्दा कम मनाङ र मुस्ताङमा एक–एक तथा सबैभन्दा बढी काठमाडौंमा १२७ परीक्षा केन्द्र तोकिएका छन् । यो वर्ष जापानमा पनि एक परीक्षा केन्द्र तोकिएको छ। जापानबाट २३ विद्यार्थी सहभागी छन्।
प्रकाशित मिति: आइतबार, चैत १८, २०८० ०८:५०













