News Griha :: न्यूजगृह
काठमाडौंको सोल्टीमोडमा मोटरसाइकलको ठक्करले पैदलयात्रीको मृत्यु

काठमाडौं— काठमाडौंको सोल्टीमोडमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री एक बृद्धाको मृत्यु भएको छ।
 
शनिबार बिहान साढे आठ बजे बा ८५ प ७१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी ती बृद्धाको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो। 

उनको गएराति साढे ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार धादिङ घर भई हाल कालिमाटी बस्दै आएकी ७० वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको छ।

पैदल हिँडिरहेकी तामाङलाई मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  ०८:४४
Weather Update