News Griha :: न्यूजगृह
काठमाडौंबाट २ जना लुटेरा पक्राउ
प्रतीकात्मक तस्बिर।

काठमाडौं— लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले बसुन्धराबाट २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं तारकेश्वर नगरपालिका— ६ बस्ने २७ वर्षीय प्रशान्तजङ्ग कार्की र बूढानिलकण्ठ नगरपालिका बस्ने ३४ वर्षीय राजु गुरुङ छन्।

उनीहरूले चैत १३ गते कपन दुर्गा नजिक ट्याक्सी चालकलाई कुटपिट गरी उनको साथमा भएको फोन, नगद घडी, ल्यापटप लुटेको आरोप छ।

पीडितको उजुरीपछि खटिएको प्रहरी टोलीले उनीहरूलाई चैत १६ गते बसुन्धराबाट पक्राउ गरि आइतबार सार्वजनिक गरेको हो।     

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १२:४८
Weather Update