News Griha :: न्यूजगृह
स्रोत नखुलेको १८ लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ

काठमाडौं— नागढुङ्गाबाट स्रोत नखुलेको नगद १८ लाख ५० हजार रुपैयाँसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रूपन्देहीको तिलोत्तमा नगरपालिका- ११ का २३ वर्षीय रिसब श्रेष्ठ छन्।

उनलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो।   

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले लु २ ख ४५३५ नम्बरको बसलाई सुरक्षा जाँच गर्ने  क्रममा उनी पक्राउ परेका हुन्।  उनी सो बसका सहचालक हुन्।

साथै थप अनुसन्धानको क्रममा स्रोत नखुलेको रकम रूपन्देहीको तिलोत्तमा नगरपालिका- ११ बस्ने ३७ वर्षीय देवेन्द्र न्यौपानेले काठमाडौं पुर्‍याइदिनु भनी सहचालक श्रेष्ठलाई दिएको खुलेपछि प्रहरीले न्यौपानेलाई समेत नियन्त्रणमा लिएको छ।     

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १३:४६
Weather Update