News Griha :: न्यूजगृह
पोखराबाट सल्यान गाउँ जाँदै गरेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, १० जना घाइते

काठमाडौं— कास्कीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

 पोखराबाट सल्यान गाउँ जाँदै गरेको ग १ ज ५५४७ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो।  मृत्यु हुनेमा पोखरा पामेका ५५ वर्षीय लक्ष्मण सुनार र ५२ वर्षीय जयराम सुनार छन्।

कास्की प्रहरीका निमित्त सूचना अधिकारी इन्स्पेक्टर सूर्यबहादुर रानाका अनुसार जीपमा सवार चालकसहित १० जना घाइते छन्।

घाइतेको मणिपाल शिक्षण अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार भइरहेको छ।

पोखराबाट अन्नपूर्ण गाउँपालिकाको सल्यान गाउँ जाँदै गरेको जीप सल्लाघारीमा दुर्घटना भएको हो। दुर्घटनाको अनुसन्धान भइरहेको इन्स्पेक्टर रानाले जानकारी दिए। 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १९:१६
Weather Update