News Griha :: न्यूजगृह
आईपीएल: दिल्लीको जित, चेन्नई २० रनले पराजित

काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएरातिको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ। दिल्लीले चेन्नई सुपर किंग्सलाई २० रनले पराजित गर्‍यो।

टस जितेर सुरुमा ब्याटिङ गरेको दिल्लीले ५ विकेटको क्षतिमा १९१ रन बनाएको थियो। १९२ रनको लक्ष्य लिएर मैदान उत्रिएको चेन्नई ६ विकेटको क्षतिमा १७१ रनमा समेटियो। 

Image

पहिला ब्याटिङ गरेको दिल्लीका लागि डेविड वार्नर र कप्तान ऋषभ पन्तले अर्धशतक बनाए। ओपनर डेविड वार्नरले सर्वाधिक ५२ रन बनाए। ३५ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे। कप्तान ऋषभ पन्तले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५१ रन बनाए। पृथ्वी साह ४३ र मिचेल मार्स १८ रनमा आउट हुँदा अक्षर पटेल ७ रनमा अविजित रहे।

चेन्नईका मथिशा पथिरानाले सर्वाधिक ३ विकेट लिए। मुस्तफिजुर रहमान र रवीन्द्र जडेजाले १–१ विकेट हात पारे।

Image

दिल्लीले दिएको १९२ रनको लक्ष्य पछ्याएको चेन्नईको सुरुवात खराब भयो। चेन्नईका ओपनर १ र २ रनमै आउट भए। कप्तान रितुराज गायकवाड दुई बल खेलेर १ रनमा आउट भए भने रचिन रविन्द्र १२ बल खेल्दा २ रन बनाएर आउट भए।

चेन्नईका लागि अजिंक्य रहाणे सर्वाधिक ४५ रन जोडे। डेरिल मिचेल ३४ र शिवम दुबे १८ रनमा आउट भए भने समीर रिजवी शून्यमा समेटिए।

Image

चेन्नईका लागि महेन्द्र सिंह ध्वनी र रविन्द्र जडेजाले सम्हालिएर प्रदर्शन गरे पनि जितका लागि त्यो पर्याप्त भएन। ध्वनीले नटआउट ३७ रन जोड्दा जडेजाले नटआउट २१ रन बनाए।

दिल्लीका लागि मुकेश कुमार ३, खलील अहमद २ विकेट लिँदा अक्षर पट्टेलले १ विकेट हात पारे। तीन खेल खेल्दा चेन्नईले पहिलो हार भोगेको छ भने समान खेलमा दिल्लीले पहिलो जित निकाल्दै अंक जोडेको छ।

Image

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  ०६:३४
Weather Update