News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
बंगलादेशी नागरिकलाई युरोप पठाइदिने भन्दै नेपाल ल्याएर बन्धक, थप १ जना पक्राउ

काठमाडौं— बंगलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याइ बन्धक बनाइराख्ने काममा संलग्न थप १ जना बंगलादेशी नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा यासिर अहमद भनिने एमडी यासिर बङ्गला रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए। उनका अनुसार यासिरलाई काठमाडौं महानगरपालिका–९ सिनामङ्गलबाट बिहीबार पक्राउ गरिएको हो। 

Prabhu Bank

पक्राउ परेका यासिरले बंगलादेशी नागरिकहरूलाई युरोपका विभिन्न देशमा वैदेशिक रोजगारीमा पठाउने विश्वास दिलाइ बंगलादेशबाट नेपाल ल्याइ काठमाडौं महानगरपालिका–१६ पकनाजोलस्थित निभाना ग्रिन पिस होम नामक होटलको कोठामा बन्धक बनाएर राखेका थिए। पीडितहरूको पासपोर्ट नियन्त्रणमा लिएर बन्धक बनाएर राखेको अवस्थामा प्रहरीले उनीहरुको उद्धार गरेको थियो। 

पक्राउ परेका यासिरलाई अपहरण तथा शरीर बन्धक कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १७:५८
Weather Update