News Griha :: न्यूजगृह
बागमती र गण्डकीमा शुक्रबारसम्म वर्षा हुने

काठमाडौं— बिहीबार राती देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही  बाँकी भूभागमा आंशिक बदली रहने मौसम विज्ञान विभागले जनाएको छ। 

विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

देशका बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ।

मौसमविद् विनोद पोखरेलका अनुसार आज र भोलि गण्डकी, बागमती र कोशी प्रदेशमा हल्का देखि मध्यम वर्षा हुने देखिन्छ। शनिबार पश्चिमी वायुले देशभर नै पहाडी र हिमाली भेगमा मेघगर्जनसहित वर्षा हुने पूर्वानुमान छ। 

आइतबारदेखि मौसममा केही सुधार भए पनि केही पहाडी भेगमा अझै वर्षा हुने देखिन्छ।

शुक्रबार उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १७:४६
Weather Update