News Griha :: न्यूजगृह
भवन उद्घाटन गर्न प्रधानमन्त्री आउने भएपछि सल्यानको दार्मा गाउँपालिकामा सार्वजनिक बिदा
भवन उद्घाटन गर्न प्रधानमन्त्री आउने भएपछि सल्यानको दार्मा गाउँपालिकामा सार्वजनिक बिदा दार्मा गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड शुक्रबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट आउन लागेका हुन्। उनी ११ बजे अवतरण हुने कार्यतालिका छ।
बर्डफ्लु मानिसबाट मानिसमा सर्ने सम्भावना कति?, के भन्छ डब्लूएचओ? 
बर्डफ्लु मानिसबाट मानिसमा सर्ने सम्भावना कति?, के भन्छ डब्लूएचओ?  विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले एक मानिसबाट अर्को मानिसमा बर्ड फ्लू सर्ने कुनै सम्भावना नदेखिएको जनाएको छ। हाल एच ५ एन १ एभियन इन्फ्लुएन्जा भाइरसमा यस्तो परिवर्तनको कुनै सङ्केत नरहेको पनि डब्लूएचओले जनाएको छ। जसले गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सम्भावना बढ्छ। संयुक्त राष्ट्र संघले यो भाइरस र सङ्क्रमणका...
करिब एक करोड रुपैयाँसहित दरबारमार्गबाट दुई जना पक्राउ, हुन्डी कारोबारी रहेको आशंका 
करिब एक करोड रुपैयाँसहित दरबारमार्गबाट दुई जना पक्राउ, हुन्डी कारोबारी रहेको आशंका  दरबारमार्गबाट प्रहरीले ९८ लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई जना पुरुष छन्। प्रहरीले उनीहरूको नाम भने सार्वजनिक गरेको छैन । घटनाबारे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने छ।  
डढेलोले रामेछापको ४ हजार ५ सय हेक्टर वन सखाप
डढेलोले रामेछापको ४ हजार ५ सय हेक्टर वन सखाप एक महिनामा जिल्लाका ८ वटा स्थानीय तहका १५५ स्थानमा डढेलो लाग्दा ४ हजार ५ सय हेक्टर वन सखाप भएको छ।सबैभन्दा बढी क्षति दोरम्बा शैलुङ गाउँपालिकामा भएको डिभिजन वन कार्यालयले जनाएको छ।उक्त कार्यालयका वन अधिकृत ओमसागर भण्डारीका अनुसार अहिलेसम्म भएका आगलागीबाट १५५ सामुदायिक र कबुलियत वनमा क्षति भएको छ।...
कैलालीमा शुक्रबार साँझदेखि भारतीय सीमा नाका बन्द
कैलालीमा शुक्रबार साँझदेखि भारतीय सीमा नाका बन्द भारतको उत्तर प्रदेश राज्यको खिरी जिल्लामा ३१ वैशाखमा हुने निर्वाचनका लागि शुक्रबार साँझ ६ बजेदेखि सीमा नाका बन्द हुने जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले जानकारी दिए।
पञ्जाबामाथि आरसीबीको ६० रनको सानदार जित
पञ्जाबामाथि आरसीबीको ६० रनको सानदार जित इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत रोयल च्यालेन्जर्स  बेंगलुरुले पञ्जाब किंग्सविरूद्ध सानदार जित निकालेको छ। गएराति भएको खेलमा  बेंगलुरुले पञ्जाबामाथि ६० रनको सानदार जित निकालेको हो।  बेंगलुरुले दिएको २४२ रनको लक्ष्य पछ्याएको लखनउ १८१ रन बनाएर १७ ओभरमा अल आउट भयो।
अक्षय तृतीयाको दिन राशि अनुसार किन्नुहोस् यी वस्तु, माता लक्ष्मीको रहनेछ कृपा
अक्षय तृतीयाको दिन राशि अनुसार किन्नुहोस् यी वस्तु, माता लक्ष्मीको रहनेछ कृपा वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया। सनातन धर्मावलम्बीका लागि विशेष दिन। यो दिन पवित्र तलाउ र नदीमा स्नान गरी भगवान् विष्णुको पूजा आराधना गर्ने विधान छ। ब्रह्मा-विष्णु-महेश्वरको आवाहन गरी घडा र जौको सातुलगायत शीतलता प्रदान गर्ने वस्तु दान गर्नाले अक्षय फल प्राप्त हुने पुराणमा उल्लेख छ। यस्तै छाता, जुत्तालगायत वस्तु...
पतिको हत्या अभियोगमा पत्नी पक्राउ
पतिको हत्या अभियोगमा पत्नी पक्राउ घर नजिकै घाइते अवस्थामा बुधबार राति फेला परेका ओबिरामलाई उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
वन्यजन्तु तस्कर कुन्जोक सम्पत्ति शुद्धिकरणमा पनि दोषी ठहर
वन्यजन्तु तस्कर कुन्जोक सम्पत्ति शुद्धिकरणमा पनि दोषी ठहर वन्यजन्तु तस्करमा दोषी ठहर भएका  कुन्जोक लामा भनिने कुन्जोक छिरिङ तामाङ सम्पत्ति शुद्धिकरण मुद्दामा पनि दोषी ठहर भएका छन्। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले तामाङलाई दोषी ठहर गरेको हो।
भारतमा नेपाली युवकको शव फेला
भारतमा नेपाली युवकको शव फेला भारतको कालुपुर रेल्वे स्टेसनमा डडेल्धुराका एक युवक मृत फेला परेका छन्।डडेल्धुराको अमरगढी नगरपालिका–९ का २५ वर्षीय सागर बिक भारतको अहमदाबादको कालुपुर रेल्वे स्टेसनमा बुधबार मृत फेला परेका हुन्।
पोखराको अमरसिंहचोकमा महिलामाथि सामूहिक बलात्कार, ३ जना पक्राउ
पोखराको अमरसिंहचोकमा महिलामाथि सामूहिक बलात्कार, ३ जना पक्राउ जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तकुमार शर्माका अनुसार घटनामा संलग्न कास्कीको मादी गाउँपालिका-९ स्थायी घर भइ हाल अमरसिंहचोक बस्ने ३६ वर्षीय चन्द्रबहादुर थापा, मादी-१२, भगवतीटार घर भएका ३८ वर्षीय कृष्ण रानाभाट र सोही ठाउँका २९ वर्षीय विनोद परियार पक्राउ परेका छन्।
उमेश जोशी र भीम ढकाल एआईजीमा बढुवा 
उमेश जोशी र भीम ढकाल एआईजीमा बढुवा  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीद्वयलाई रिक्त एआईजी पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
Weather Update