चेन्नईमाथि गुजरातको सहज जितशनिबार, वैशाख २९, २०८१

३ प्रदेशमा वर्षा जारी शनिबार, वैशाख २९, २०८१ हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको समेत प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ भने कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

नेपाल टेलिकमले पायो मोबाइल लाइसेन्सको ५ वर्षे अनुमति शुक्रबार, वैशाख २८, २०८१ प्राधिकरणको शुक्रबार बसेको सञ्चालक समिति बैठकले ५ वर्षे अवधिको नयाँ लाइसेन्स (अनुमति) दिने निर्णय गरेको प्राधिकरणका निर्देशक सन्तोष पौडेलले जानकारी दिए। योसँगै नेपाल टेलिकमले जीएसएम सेलुलर मोबाइल सेवाको लाइसेन्स पुनः प्राप्त गरेको हो।

जेलबाट रिहा भए केजरीवाल शुक्रबार, वैशाख २८, २०८१ सर्वोच्च अदालतले मनी लाउन्डरिङ मुद्दामा केजरीवाललाई १ जुनसम्म अन्तरिम जमानत दिएको थियो। न्यायमूर्ति सञ्जीव खन्नाको नेतृत्वमा रहेको इजलासले केजरीवाललाई जमानत दिएको हो। उनलाई दिल्लीको मदिरा नीतिमा अनियमितता गरेको आरोपमा गत मार्च २१ मा पक्राउ गरिएको थियो।

त्रिभुवन विमानस्थलबाट सुनसहित एक जना पक्राउ शुक्रबार, वैशाख २८, २०८१ लिम्बूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ५० ग्राम अवैध सुन सहित पक्राउ गरेको हो। उनले बिहीबार कतारबाट अवैध रुपमा ५० ग्राम सुन ल्याएको भन्ने सूचनाका आधारमा खटिएको टोलीले पक्राउ गरिएको प्रहरीले जनाएको छ।
-1715340415.jpg)
चौँरी घोडा नाच र ‘होम स्टे’ मार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ शुक्रबार, वैशाख २८, २०८१ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–६ भैँसेगाउँका गुरुङ समुदाय होमस्टे (घरबास) र चौँरी घोडा नाचमार्फत पर्यटन प्रवद्र्धनमा जुटेका छन्।गोरखा जिल्लाको आरुघाट गाउँपालिका–४ आर्खेत बजारबाट सुरु हुने धादिङको गङ्गाजमुना गाउँपालिकास्थित ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’मा सो गाउँपालिकाको वडा नं ६ बसेरीमा भैँसेगाउँ छ।

भ्रष्टाचार आरोपमा पक्राउ परेका केजरीवाल अन्तरिम जमानतमा रिहा शुक्रबार, वैशाख २८, २०८१ भ्रष्टाचार आरोपमा पक्राउ परेका नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानतमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।उनलाई आगामी जुन महिनाको १ तारिखसम्म जमानतमा रिहा गर्न सर्वोच्चले आदेश दिएको हो। साथै उनलाई जुन २ तारिखमा फेरि अदालतमै हाजिर हुन भनिएको छ।

माल्दिभ्सबाट सबै भारतीय सेना फिर्ता शुक्रबार, वैशाख २८, २०८१ भारतले माल्दिभ्सबाट निर्धारित समयभन्दा पहिले नै आफ्ना सबै सेना फिर्ता गरेको छ। माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुको सरकारले भारतीय सैनिक फिर्ताको लागि १० मेसम्मको समयसीमा तोकेको थियो। गत वर्षको राष्ट्रपति चुनाव अभियानमा मुइज्जुको मुख्य वाचा माल्दिभ्समा तैनाथ ९० भारतीय सैनिकलाई फिर्ता पठाउने थियो।

भेरी नदीमा ट्रयाक्टर खस्यो: २ जनाको मृत्यु, ३ घाइते शुक्रबार, वैशाख २८, २०८१ रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४ छेपारे नजिकै भेरी नदीमा ट्रयाक्टर खस्दा दुई जनाको मृत्यु भएको छ। उक्त ट्रयाक्टर दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन्।

आगलागीबाट ५ वर्षमा साढे ९ अर्बको क्षति शुक्रबार, वैशाख २८, २०८१ आगलागीका कारण पछिल्लो ५ वर्षमा साढे ९ अर्ब बराबरको क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआएम) का अनुसार आगलागीका कारण बस्तीलगायतका संरचनामा क्षति पुग्दा ९ अर्ब ४७ करोड ४५ लाख ९३ हजार दुई सय २७ बराबरको आर्थिक क्षति भएको छ।
-1714474494.jpg)
नेपालीलाई अमेरिका र क्यानडा पठाइदिने प्रलोभनमा पारी केन्या पुर्याएर अलपत्र पार्ने गिरोह पक्राउ, ५ करोड ठगेको आरोप शुक्रबार, वैशाख २८, २०८१ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो।

काभ्रेमा रुखमा बाँधेर जलाइएको अवस्थामा शव फेला शुक्रबार, वैशाख २८, २०८१ काभ्रेको पाँचखाल नगरपालिका—१ मा विभत्स अवस्थामा शव फेला परेको छ। पाँचखाल नगरपालिकाको जिरोकिलो भन्ने ठाउँ नजिकै रुखमा बाँधेको अवस्थामा शव फेला परेको हो। शरिरका सबै भाग पूर्र्ण रुपमा जलेका शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डीएसपी राजकुमार श्रेष्ठले न्यूजगृहलाई जानकारी दिए।‘रुखमा बाँधिएको र शरिरका सम्पूर्ण भाग जलेको...

कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज शुक्रबार, वैशाख २८, २०८१ प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, नेकपा एमालेका प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की तथा सङ्कल्प प्रस्तावका समर्थकहरूलाई विपक्षी बनाइएको रिटमा नेपालको संविधानको धारा १३३ (२) (३) बमोजिम उत्प्रेषण, परमादेशलगायत उपयुक्त आदेश जारी गर्न माग गरिएको छ ।









