राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ बिहीबार, वैशाख २७, २०८१

नेपाल बैंक लिमिटेड सप्तरीका सुरक्षा गार्डको हत्या बिहीबार, वैशाख २७, २०८१ बिहीबार बिहान ३ बजेर १८ मिनेटमा खुकुरी प्रहार गरी हत्या गरेको सीसीटीभी फुटेजमा देखिएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए।

हालको बजेटले लुडो, चेस र बाघचालको मात्र विकास गर्न सक्छ: मन्त्री श्रेष्ठ बिहीबार, वैशाख २७, २०८१ युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल जस्ता खेलहरु मात्र विकास गर्न सकिने टिप्पणी गरेका छन्।

सगरमाथा आरोहण सुरक्षित बनाउन यस्तो छ तयारी बिहीबार, वैशाख २७, २०८१ वसन्त यामको सगरमाथा आरोहणका लागि यतिबेला जोडतोडका साथ तयारी सुरु भएको छ। सगरमाथा आरोहणको अनुमति लिएका चार सयभन्दा बढीले आरोहीले तयारी सुरु गरिसकेका छन्। पर्यटन विभागका अनुसार हालसम्म चौथो शिविरसम्मको बाटो खुलिसकेको छ भने त्यसपछिका काम पनि जोडतोडले भइरहेको छ।
-1715249453.jpg)
एमसीए–नेपालद्वारा सबस्टेशन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर बिहीबार, वैशाख २७, २०८१ एमसीए–नेपालले लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापश्चिम) जिल्लामा चार सय केभी नयाँ बुटवल सबस्टेशन निर्माणसम्बन्धी ठेक्का लिङ्कसन इण्डिया प्रालिलाई प्रदान गर्दै उक्त कम्पनीसँग सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ। उक्त सबस्टेशनको निर्माण सम्झौता अवधि ३९ महिनाभित्र सम्पन्न गरिने जनाइएको छ।
-1715246640.jpg)
दुर्गा प्रसाईं निकट युवाद्वारा एभरेष्ट र ज्योति विकास बैंकमा तोडफोड बिहीबार, वैशाख २७, २०८१ जिल्लाको बिर्तामोडस्थित एभरेष्ट बैंक र ज्योति विकास बैंकको बिर्तामोड शाखा कार्यालयमा तोडफोड भएको छ। केही युवाहरुको समूहले बिहीबार दिउँसो ऋणीहरुलाई टर्चर दिएको भन्दै बैंकको शाखा कार्यालयमा ढुंगामुढा गरेका थिए। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ।

सीरम इन्स्टिच्युटले भन्यो— डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ बिहीबार, वैशाख २७, २०८१ भारतको सीरम इन्स्टिच्युटले डिसेम्बर २०२१ देखि कोभिशिल्ड भ्याक्सिन उत्पादन बन्द गरेको बताएको छ। यसअघि फर्मास्युटिकल कम्पनी एस्ट्राजेनेकाले विश्वभरका बजारबाट आफ्नो कोभिड भ्याक्सिन फिर्ता लिने बताएको थियो।

आईपीएलको प्लेअफ दौडबाट बाहिरिने पहिलो टिम बन्यो मुम्बई बिहीबार, वैशाख २७, २०८१ इन्डियन प्रिमियर लिग (आईपीएल)को यस सिजनमा मुम्बई इन्डियन्स प्लेअफमा नपुग्दै बाहिरिने पहिलो टिम बनेको छ। यस सिजनमा १२ खेलमा ८ खेल हारेको मुम्बईले ४ खेल मात्र जितेको छ।अंक तालिकामा नवौँ स्थानमा रहेको मुम्बईले अब २ खेल मात्र खेल्न बाँकी रहेको बेला प्लेअफको दौडबाट बाहिरिएको हो।

बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी बिहीबार, वैशाख २७, २०८१ बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल सङ्गठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।करिब २७ वर्ष बाल संगठनको अध्यक्ष रहेकी वैद्यसहित २० जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो।

पूर्वन्यायाधीशको निधनपछि सर्वोच्चका सबै इजलास स्थगित बिहीबार, वैशाख २७, २०८१ पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएपछि बिहीबार सबै इजलास स्थगित भएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिएका छन्।

बाँकेमा लागुऔषध कारोबारी समात्न प्रहरीले चलायो गोली बिहीबार, वैशाख २७, २०८१ बाँकेमा लागुऔषध कारोबारी समात्नका लागि प्रहरीले गोली चलाएको छ। बिहीबार बिहान लागुऔषध ब्युरोबाट खटिएको टोलीले लागुऔषध कारोबारीलाई पिछा गरेको तर भाग्न खोजेपछि गोली चलाएको हो। सो क्रममा एक जना घाइते भएको र अर्को व्यक्तिलाई सकुशल रुपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले न्यूजगृहलाई जानकारी दिएको छ।

२३ निर्माण कम्पनीलाई सोधियो दोस्रोपटक स्पष्टीकरण, कालोसूचीमा राख्ने तयारी बिहीबार, वैशाख २७, २०८१ प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न जिल्लाका २३ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रयोजनको लागि दोस्रोपटक स्पष्टीकरण सोधेको छ।

त्रिविलाई संघीय संरचनाअनुसार पुनः संरचना गरिने बिहीबार, वैशाख २७, २०८१ विश्वविद्यालयले क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयलाई थप जिम्मेवार बनाई परीक्षा प्रणालीमा विकेन्द्रीकरणको प्रक्रियालाई अझ सरलीकरण गर्ने निर्णय गरिसकेको छ।









