News Griha :: न्यूजगृह
त्रिविलाई संघीय संरचनाअनुसार पुनः संरचना गरिने

काठमाडौं— त्रिभुवन विश्वविद्यालयलाई संघीयताको ढाँचाअनुरूप पुनःसंरचना गरिने भएको छ।

विश्वविद्यालयका विगतका कार्ययोजना र उपकुलपति प्राडा केशरजङ्ग बरालको सोचपत्र बमोजिम पुनःसंरचनाको गृहकार्य थालिएको हो।

Prabhu Bank

विश्वविद्यालयले क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयलाई थप जिम्मेवार बनाई परीक्षा प्रणालीमा विकेन्द्रीकरणको प्रक्रियालाई अझ सरलीकरण गर्ने निर्णय गरिसकेको छ।

त्रिविका रजिष्ट्रार प्राडा केदारप्रसाद रिजालले विश्वविद्यालयलाई प्रतिस्पर्धी, स्तरीय र विश्वकै महत्वपूर्ण शैक्षिक गन्तव्यको रुपमा विकसित गर्न तत्काल विश्वविद्यालयले भोगिरहेका शैक्षिक, प्रशासनिक, आर्थिक एवं व्यवस्थापकीय समस्याको दिगो र भरपर्दो समाधानका लागि पहल थालिएको बताए।

विश्वविद्यालयको दृष्टिकोण २०३० र उपकुलपतिज्यूको सोचपत्रबीच तादात्म्य कायम गरी विश्वविद्यालयमा नीतिगत एकरूपता सुनिश्चित गर्न त्रिवि सेवा अयोगका पूर्वअध्यक्ष प्राडा लालुप्रसाद पौडेलको संयोजकत्वमा सुझाव समिति पनि गठन गरिएको उनले जानकारी दिए।

विश्वविद्यालयको उपकुलपतिमा गत फागुन १० मा प्राडा बराल र चैत ३० गते शिक्षाध्यक्षमा प्राडा खड्ग केसी र रजिष्ट्रारमा डा रिजाल नियुक्त भएका हुन्।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १०:०४
Weather Update