वनमा डढेलो, बस्तीमा छिरे वन्यजन्तुबुधबार, वैशाख २६, २०८१

सुनकोशी मरिण डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्ः प्रधानमन्त्री बुधबार, वैशाख २६, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन्।बुधबार आयोजनास्थल अनुगमनका क्रममा सुनकोशी गाउँपालिकामा सम्बद्ध पक्षबाट आयोजनाबारे जानकारी लिएपछि प्रधानमन्त्री दाहालले आयोजनामा आउनसक्ने समस्याको पहिचान गरेर त्यसलाई समयमै समाधान गर्न निर्देशन दिएका हुन्।

सुनकोशी मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’ आज बुधबार, वैशाख २६, २०८१ आयोजनाको सुरुङ निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले गरेको हो। बाँध र विद्युत् गृह निर्माणमा केही ढिलाइ भए पनि तोकिएको समयभित्रै पूरा गर्ने निर्माण व्यवसायीको भनाइ छ। २०८४ असोजमा सो आयोजना पूर्णरुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीको हत्या योजना असफल, सेनाका दुई कर्णेल पक्राउ बुधबार, वैशाख २६, २०८१ माइकोलाइभको दक्षिण युक्रेन क्षेत्रका एक महिलालाई जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा गत अगस्ट २०२३ मा पक्राउ गरिएको थियो। उनलाई मार्नको लागि रूसी हवाई हमलाको योजना बनाउन माइकोलाइभको नियोजित भ्रमणको बारेमा गुप्तचर सङ्कलन गरेको आरोप थियो।

काठमाडौंको चन्द्रागिरिमा आज सार्वजनिक बिदा बुधबार, वैशाख २६, २०८१ मातातीर्थ औँसीको अवसर पारेर बुधबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले जानकारी दिए।

म्याग्दीको विकट खतेन गाउँमा पुग्यो बिजुली बुधबार, वैशाख २६, २०८१ नेपाल विद्युत् प्राधिकरणको पूर्ण विद्युतीकरण कार्यक्रमअन्तर्गत पहिलो चरणमा मालिकाका तीनवटा वडामा बिजुली बाल्ने तयारी भएको हो। मालिकाको २, ३ र ४ नं वडाको घ्याङलेपानीबाहेकका बस्तीका बासिन्दाले हाल उज्यालोका लागि लघुजलविद्युत् परियोजनाको विद्युत् प्रयोग गर्दै आएका छन्।

वनमा आगो लगाउने २ जना पक्राउ बुधबार, वैशाख २६, २०८१ वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन्। सिद्धिचरण नगरपालिका–११ को नगरपार्कमा आगो लगाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बालिस्टार सिंहका अनुसार सिद्धिचरण नगरपालिका–११ का २६ वर्षीय महेश विक र २३ वर्षीय सुजन विकलाई पक्राउ गरिएको हो।

राजस्थानविरुद्धको खेलमा दिल्ली २० रनले विजयी बुधबार, वैशाख २६, २०८१ इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा दिल्लीले राजस्थानलाई २० रनले पराजित गरेको हो।

२४ दिनमा आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु बुधबार, वैशाख २६, २०८१ आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा उनीहरूको मृत्यु भएको हो।प्राधिकरणका अनुसार आगलागीबाट १८, डढेलोले ६ र चट्याङ लागेर ३ जनाले ज्यान गुमाएका तथा ९० जना घाइते भएका छन्।

कहाँ कहाँ छ वर्षाको सम्भावना? बुधबार, वैशाख २६, २०८१ आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशको पहाडी भूभागको थोरै स्थानहरूमा चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै तराईका एकदुई स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन बुधबार, वैशाख २६, २०८१ मनुस्मृतिमा ‘सहस्र तु पितृन् माता गौरवेणाऽतिरिच्यते’ अर्थात् माता पिताभन्दा हजार गुणले गौरवपूर्ण हुन्छिन् भनिएको छ। महाभारतको वन पर्वमा ‘पृथ्वीभन्दा पनि ठूलो चीज के हो’ भन्ने यक्षको प्रश्नमा युधिष्ठिरले जवाफ दिएका छन्, ‘संसारमा पृथ्वीभन्दा ठूली आमा हुन्।’ काठमाडौंको चन्द्रागिरी नगरपालिका–६ थानकोट नजिकैको मातातीर्थमा यो दिन आमाको सम्झना गर्ने घुइँचो लाग्छ। आमा...

स्रोत नखुलेको १३ लाख रुपैयाँसहित युवक पक्राउ मंगलबार, वैशाख २५, २०८१ वीरगञ्जबाट परवानीपुरतर्फ जाँदै गरेको प्रदेश २–०३–०१० प ६७१९ नम्बरको मोटरसाइकललाई सुरक्षा जाँच गर्ने क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुर बस्ने २८ वर्षीय पटेलको साथबाट स्रोत नखुलेको रकम फेला परेको हो।
-1713191820.jpg)
सन्दीपको भावुक स्टाटस: धेरै समय मौन बसेँ, तर कति सहनु... मंगलबार, वैशाख २५, २०८१ बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका क्रिकेटर सन्दीप लामिछानेले फेरि एकपटक आफू निर्दाेष रहेको आफूलाई फसाइएको जिकिर गरेका छन्।









