News Griha :: न्यूजगृह
युक्रेनका राष्ट्रपति जेलेन्स्कीको हत्या योजना असफल, सेनाका दुई कर्णेल पक्राउ  

काठमाडौं— युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा दुई युक्रेनी सुरक्षा अधिकारीलाई पक्राउ गरिएको छ।

युक्रेनको राज्य सुरक्षा सेवा (एसबीयू)ले सुरक्षा इकाईका दुई कर्णेललाई हिरासतमा लिएको छ। रुसलाई गोप्य जानकारी चुहाएको आरोप उनीहरूमाथि लगाइएको छ।

Prabhu Bank

एसबीयूले रूसको राज्य सुरक्षा सेवासँग सम्बन्धित एजेन्टहरूको नेटवर्कको फर्दफास भएको बताउदै उनीहरुले जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको र ति योजना असफल बनाएको बताएको छ।

एसबीयूले उनीहरुले एसबीयूका प्रमुख र युक्रेनको रक्षा गुप्तचर प्रमुखसहित अन्य वरिष्ठ युक्रेनी अधिकारीहरूलाई पनि निशाना बनाएको बताएको छ।

फेब्रुअरी २०२२ मा रसियाले युक्रेनमा पूर्ण मात्रामा आक्रमण सुरु गरेदेखि जेलेन्स्कीले आफ्नो जीवनमा धेरै प्रयासहरूको सामना गरेका छन्।

माइकोलाइभको दक्षिण युक्रेन क्षेत्रका एक महिलालाई जेलेन्स्कीको हत्या गर्ने योजना बनाएको आरोपमा गत अगस्ट २०२३ मा पक्राउ गरिएको थियो। उनलाई मार्नको लागि रूसी हवाई हमलाको योजना बनाउन माइकोलाइभको नियोजित भ्रमणको बारेमा गुप्तचर सङ्कलन गरेको आरोप थियो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ०९:३९
Weather Update