News Griha :: न्यूजगृह
भारत लोकसभाः तेस्रो चरणको मतदान आज, केन्द्रीय मन्त्रीहरू चुनावी मैदानमा  
भारत लोकसभाः तेस्रो चरणको मतदान आज, केन्द्रीय मन्त्रीहरू चुनावी मैदानमा   यस चरणमा हाईप्रोफाइल नेताहरू गृहमन्त्री अमित शाह, नागरिक उड्डयनमन्त्री ज्योतिरादित्य सिन्धे, स्वास्थ्यमन्त्री मनसुख मण्डाविया, केन्द्रीय मन्त्री पुरुषोत्तम रुपाला लगायत धेरै केन्द्रीय मन्त्रीहरूको भाग्यको फैसला हुनेछ भने डिम्पल यादव, सुप्रिया सुले, दिग्विजय सिंह जस्ता विपक्षी नेताहरूको लोकसभा सिटमा पनि मतदान भइरहेको छ। 
आज कुन तरकारीको मूल्य कति? 
आज कुन तरकारीको मूल्य कति?  कालीमाटीमा आज केही तरकारीको मूल्य बढेको छ भने कतिपय तरकारी हिजो कै मूल्यमा किनबेच भइरहेको छ।कालीमाटी बजारमा आज नेपाली सानो लोकल गोलभेँडाको मूल्य बढेको छ। हिजो २८ रुपैयाँ प्रतिकिलोमा किनबेच भएको लोकल गोलभेँडाको मूल्य आज औसतमा ३२ रुपैयाँ पुगेको छ। 
पर्यटकसँग जबर्जस्ती पैसा असुल्ने ५ युवक पक्राउ
पर्यटकसँग जबर्जस्ती पैसा असुल्ने ५ युवक पक्राउ पर्यटकलाई जबर्जस्ती तानेर होटलमा लगेको आरोपमा पोखराबाट प्रहरीले पाँचजना युवकलाई पक्राउ गरेको छ। सोमबार पोखरा महानगरपालिका—६ लेक साइड र हल्लन चोक क्षेत्रबाट उनीहरू पक्राउ परेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई हरायो
मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई हरायो इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गएराति मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको छ। हैदराबादले दिएको १७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमा ३ विकेट गुमाएर भेट्टायो।
सम्बन्धविच्छेद गर्न अदालत पुगेका श्रीमानले श्रीमती कुटे
सम्बन्धविच्छेद गर्न अदालत पुगेका श्रीमानले श्रीमती कुटे उनीहरु सम्बन्धविच्छेदको मुद्दाको पेसीका लागि जिल्ला अदालत पुगेका थिए। न्यायाधीशले सोमबार आदेश वा फैसला गर्ने कार्यतालिका रहेको थियो तर न्यायाधीश कहाँ जान नपाउँदै सिँढीमा श्रेष्ठले श्रीमतीलाई निर्घात कुटपिट गरेको अदालतका सूचना अधिकारी कमल पन्थीले जानकारी दिए।
ललितपुरमा आगलागीमा परेका २ जना बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
ललितपुरमा आगलागीमा परेका २ जना बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर ललितपुर ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा परी घाइते भएकामध्ये दुई बालिकाको सोमबार मृत्यु भएको छ।आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका थिए। घाइतेमध्ये ८ वर्षीया प्रिया गिरी र ३ वर्षीया एलिसा गिरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए। 
ओखलढुङ्गामा जलेर आमाछोराको मृत्यु
ओखलढुङ्गामा जलेर आमाछोराको मृत्यु सोमबार मध्याह्नमा हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा प्रवेश गरेपछि खर जोगाउने क्रममा ५५ वर्षीया पुन्यमाया धमला र उनका छोरा १५ वर्षीय कञ्चन धमलाको मृत्यु भएको हो।
काठमाडौं उपत्यकामा हावाहुरी, केही ठाउँमा वर्षा
काठमाडौं उपत्यकामा हावाहुरी, केही ठाउँमा वर्षा महाशाखाका अनुसार हाल देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशमा आंशिक देखि साधारणतया बदली रहेको छ भने गण्डकी प्रदेशका केही साथै बागमती र कोशी प्रदेशका एकदुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बाँकी भूभागमा आंशिक बदली देखी मौसम मुख्यतया मौसम सफा रहेको  महाशाखाको भनाइ छ। 
अनलाइन सट्टेबाजी खेलाउने १३ भारतीय पक्राउ
अनलाइन सट्टेबाजी खेलाउने १३ भारतीय पक्राउ पक्राउ परेका युवाहरूले फ्ल्याट भाडामा लिएर अवैध गतिविधि गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय रामनगरको टोलीले छापा मारेको थियो। पक्राउ परेका व्यक्तिसँगै प्रहरीले उनीहरूले प्रयोग गर्ने मोबाइललगायतका सामान नियन्त्रणमा लिएको छ। 
मूलपानी क्रिकेट रंगशालाको डीपीआर खेलकुद मन्त्रालयमा
मूलपानी क्रिकेट रंगशालाको डीपीआर खेलकुद मन्त्रालयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्माणाधीन मूलपानी क्रिकेट रंगशालाको युवा तथा खेलकुद मन्त्रालय समक्ष सोमबार विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रस्तुत गरेको छ।पुल्चोक इन्जिनियरिङ कन्सल्टेन्सीले राखेपका सदस्यसचिव टंकलाल घिसिङलाई बुझाएको डीपीआर खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको हो।
सिधाकुरा प्रकरणः तीनै जना तारेखमा, थापा र सिरोहियासहित ७ जनासँग जवाफ माग
सिधाकुरा प्रकरणः तीनै जना तारेखमा, थापा र सिरोहियासहित ७ जनासँग जवाफ माग सर्वोच्च अदालतले अनलाइन तथा युट्युब च्यानल सिधाकुरालाई विवादित टेप उपलब्ध गराउने राजकुमार तिमिल्सिनाले पोलेका थप व्यक्तिलाई झिकाउने आदेश गरेको छ।न्यायाधीशद्वय हरि फुयाल र महेश शर्मा पौडेलको इजलासले एक हप्ताभित्र आरोपित थप व्यक्तिहरूलाई बयानका लागि अदालतमा उपस्थित गराउने आदेश गरेको हो।
युक्रेनमाथि आक्रमण अझ बढाउने पुटिनको संकेत
युक्रेनमाथि आक्रमण अझ बढाउने पुटिनको संकेत रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनालाई आणविक हतियारको अभ्यास गर्न निर्देशन दिएका छन्। रुस–युक्रेन युद्ध सुरु भएको २६ महिना पुग्दा पनि रोकिने संकेत नदेखिएपछि पुटिनले आक्रमणलाई झन तीव्र बनाउने संकेत गरेका हुन्।खास गरेर युक्रेनको सीमामा तैनाथ सेना र नौसेनालाई यो आदेश दिइएको रुसी सञ्चार माध्यमहरूले जनाएका छन्।अभ्यासमा आणविक...
Weather Update