News Griha :: न्यूजगृह
हमासले स्वीकार गर्यो युद्धविरामको प्रस्ताव

काठमाडौं— हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव स्वीकार गरेको छ

यद्यपि, इजरायलले शान्ति सम्झौताको बारेमा अहिलेसम्म कुनै टिप्पणी गरेको छैन। न त इजरायलले प्रस्तावको विवरण सार्वजनिक गरेको छ। तर, केही दिनअघि इजिप्ट र हमासका अधिकारीहरूले युद्धविराम धेरै चरणमा हुने बताएका थिए।

यस अवधिमा, हमासले बन्धकहरूलाई रिहा गर्नेछ र इजरायलले गाजाबाट आफ्ना सेना फिर्ता गर्ने विषय समावेश रहेको छ। हमासले एक विज्ञप्ति जारी गर्दै  युद्ध विरामको प्रस्ताव स्वीकार गर्न सहमत भएको बताएको थियो। बयान बाहिर आउने बित्तिकै प्यालेस्टिनीहरूले रफाह वरपरका शिविरहरूमा खुशी व्यक्त गरेका थिए। 

अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग कुरा गरेका थिए र राफाहको बारेमा चिन्ता व्यक्त गरेका थिए। अमेरिकासहित इजरायलका अन्य घनिष्ठ सहयोगीहरूले रफाहमा आक्रमण नगर्न इजरायललाई बारम्बार आग्रह गरेका छन्। रफाहमा करिब १४ लाख प्यालेस्टिनीले शरण लिएको बताइएको छ। 

गत अक्टोबर ७ का दिन बिहान हमासले इजरायली शहरमा करिब ५ हजार रकेट प्रहार गरेको थियो। त्यसपछि दुवै पक्षबीच युद्ध जारी छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ०९:३५
Weather Update