News Griha :: न्यूजगृह
भारत लोकसभाः तेस्रो चरणको मतदान आज, केन्द्रीय मन्त्रीहरू चुनावी मैदानमा  

काठमाडौं— भारतमा मंगलबार लोकसभा चुनावको तेस्रो चरणको मतदान भइरहेको छ।

तेस्रो चरणमा ११ राज्य र केन्द्र शासित प्रदेशको ९३ सिटमा मतदान भइरहेको छ। तेस्रो चरणमा कुल १.८५ लाख मतदान केन्द्रमा १७.२४ करोड मतदाताले मतदान गर्ने भारतीय निर्वाचन आयोगले जनाएको छ।

Prabhu Bank

यस चरणमा हाईप्रोफाइल नेताहरू गृहमन्त्री अमित शाह, नागरिक उड्डयनमन्त्री ज्योतिरादित्य सिन्धे, स्वास्थ्यमन्त्री मनसुख मण्डाविया, केन्द्रीय मन्त्री पुरुषोत्तम रुपाला लगायत धेरै केन्द्रीय मन्त्रीहरूको भाग्यको फैसला हुनेछ भने डिम्पल यादव, सुप्रिया सुले, दिग्विजय सिंह जस्ता विपक्षी नेताहरूको लोकसभा सिटमा पनि मतदान भइरहेको छ। 

तेस्रो चरणको मतदान हुने राज्यहरूमा आसाम, बिहार, छत्तीसगढ, गोवा, गुजरात, कर्नाटक, मध्यप्रदेश, महाराष्ट्र, उत्तरप्रदेश, पश्चिम बंगाल, दादर नगर हवेली र दमन दीप छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  ०९:१७
Weather Update