सोमबार काठमाडौं महानगर अन्तर्गतका सबै विद्यालयमा सार्वजनिक बिदा, यस्तो छ कारण आइतबार, वैशाख २३, २०८१

काठमाडौंसहित पहाडी भूभागमा हल्का वर्षा, उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना आइतबार, वैशाख २३, २०८१ आइतबार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा भएको छ। त्यस्तै, काठमाडौं उपत्यकामा पनि सामान्य वर्षा भएको छ।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु र स्थानीय वायुको प्रभावले वर्षा भएको हो।

इजरायलले अल जजिरा टीभीमाथि प्रतिबन्ध लगायो आइतबार, वैशाख २३, २०८१ इजरायलले अल जजिरा नेटवर्कलाई प्रतिबन्ध लगाएको छ। इजरायलको मन्त्रिपरिषद्ले अल जजिरा नेटवर्कलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

सिधा कुरालाई अडिओ दिने तिमल्सिनालाई प्रहरीको जिम्मा लगाइयो आइतबार, वैशाख २३, २०८१ सिधा कुराका प्रकाशक युवराज कंडेलले सर्वोच्च अदालतको इजलासमा अदालतको अवहेलनाको मुद्दामा बयान दिने क्रममा तिमल्सिनालाई पोलेका थिए।
![बस दुर्घटनामा त्रिविका प्राध्यापकको मृत्यु [अपडेट]](https://newsgriha.com/uploads/posts/520X390/buss_accident_kritipur-1714915083.jpg)
बस दुर्घटनामा त्रिविका प्राध्यापकको मृत्यु [अपडेट] आइतबार, वैशाख २३, २०८१ कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको मृत्यु भएको छ।रत्नपार्क–कीर्तिपुर रुटमा चल्ने बा ३ख २०२७ नम्बरको बस दुर्घटना हुँदा प्राडा गोविन्द रिजालको मृत्यु भएको हो।

बढ्यो नेपालीको औसत आयु आइतबार, वैशाख २३, २०८१ राष्ट्रिय तथ्यांक कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष पुगेको जनाएको छ। राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित ‘जनसङ्ख्या साक्षरता’ र ‘जनसाङ्खिक सूचक’ पुस्तक सार्वजनिक गर्दै तथ्यांक कार्यालयले उक्त तथ्य सार्वजनिक गरेको हो।

स्याङ्जामा डढेलोले २ हजार हेक्टर वन क्षेत्रमा क्षति आइतबार, वैशाख २३, २०८१ डढेलोले स्याङ्जामा झण्डै दुई हजार हेक्टर वन क्षेत्रमा क्षति भएको छ। जिल्लाका विभिन्न ११ स्थानीय तहमा रहेका एक सय १३ वनमा आगलागी हुँदा एक हजार आठ सय ६१ हेक्टर क्षेत्रफलमा क्षति भएको डिभिजन वन कार्यालय स्याङ्जाका सूचना अधिकारी अमरबहादुर पराजुलीले जानकारी दिए।

कीर्तिपुरमा बस दुर्घटना, १ जनाको मृत्यु, ३ घाइते आइतबार, वैशाख २३, २०८१ कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। आइतबार दिउँसो कीर्तिपुरको आयुर्वेदिक अस्पताल नजिकै बस दुर्घटना भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानी पोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले न्यूजगृहलाई जानकारी दिए।
-1714902274.jpg)
जापानका विदेशमन्त्री योकोले गरे वसन्तपुर क्षेत्रको अवलोकन आइतबार, वैशाख २३, २०८१ आइतबार नेपालको एक दिने भ्रमणमा काठमाडौं आइपुगेका जापानका विदेशमन्त्री कामिकावा योकोले वसन्तपुर क्षेत्रको अवलोकन गरेका छन्। उनले दिउँसो दुई बजे अवलोकनका लागि वसन्तपुर क्षेत्र पुगेका थिए।

बाँकेमा ९ महिनामा १ सय १२ नवजात शिशुको मृत्यु आइतबार, वैशाख २३, २०८१ तराईको सुगम जिल्लाका रुपमा रहेको बाँकेमा ९ महिनामा एक सय १२ नवजात शिशुको मृत्यु भएको छ। चालु आर्थिक वर्षको चैत महिनासम्म एक सय १२ नवजात शिशु र १२ सुत्केरीको मृत्यु भएको मातृ तथा नवशिशु स्वास्थ्य स्रोत व्यक्ति विष्णु श्रेष्ठले जानकारी दिए। मृत्यु हुने मातृ तथा नवजात शिशुमध्ये आधाभन्दा बढी नेपालगञ्ज...

काठमाडौं महानगरको सिप मेलाः १० हजार बढीको आवेदन आइतबार, वैशाख २३, २०८१ काठमाडौं महानगरपालिकाले वैशाख १९ गतेदेखि सुरु गरेको ‘सिप मेला २०८१’ का लागि १० हजार बढीले आवेदन दिएका छन्। कामपाले दुई हजार ८१ जनालाई प्रशिक्षण दिने लक्ष्यसहित मेला सुरु गरेकामा १० हजार बढीले आवेदन दिएका हुन्।

भक्तपुरको दुवाकोटमा कार्पेट कारखानामा आगलागी, दुई जना घाइते आइतबार, वैशाख २३, २०८१ भक्तपुरको चाँगुनारायण नगरपालिका—२ दुवाकोट मोडको ज्योति प्लाइ कार्पेट कारखानामा आगलागी हुँदा दुई जना घाइते भएका छन्।घाइते हुनेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका—६ घर भई दुवाकोट बस्ने २३ वर्षीय बुद्धनारायण श्रेष्ठ र भारत बंगाल घर भई सोही कारखानामा काम गर्ने २९ वर्षीय मनु उर्वा छन्।

दक्षिणी ब्राजिलमा भीषण वर्षा, ५८ जनाको मृत्यु आइतबार, वैशाख २३, २०८१ ब्राजिलको दक्षिणी भागमा भारी वर्षा, बाढी र पहिरोका कारण अहिलेसम्म ५८ जनाको मृत्यु भएको छ। राज्य रक्षा एजेन्सीका अनुसार बाढीका कारण हालसम्म ५८ जनाको मृत्यु भएको र ७४ जनाभन्दा बढी घाइते भएका छन्।यसबाहेक ७० हजारभन्दा बढी मानिसले आफ्नो घर छाड्नुपरेको छ। साथै ६७ जना बेपत्ता रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका...









