वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै ३४ लाख ठगी गर्ने पक्राउशनिबार, वैशाख २२, २०८१

जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिन बन्द हुने शनिबार, वैशाख २२, २०८१ भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय निर्वाचन क्षेत्रमा ७ मे २०२४ (वैशाख २५) मा लोकसभा चुनाव हुनलागकोले रेलसेवा तीन दिन बन्द रहेन नेपाल रेल्वे कम्पनी लिमिटेडद्वारा आज जारी सूचनामा जनाइएको छ।

सीमावासी भन्छन्- भारतीय सुरक्षाकर्मीको ज्यादतीले आक्रान्त छौं शनिबार, वैशाख २२, २०८१ रौतहटको सीमावर्ती क्षेत्रका स्थानीयको आफ्नै पीडा छ। अघोषित नाकाबन्दी सरह अहिले पनि साइकल मोटरसाइकल बाहेक सवारी साधन वारिपारि आवतजावतमै रोक लगाइएको छ। सीमावासीहरू पटकपटक भारतीय सुरक्षाकर्मी एसएसबीको ज्यादती सहन गर्न बाध्य छन्।सीमावर्ती परोहा नगरपालिका-९ रामपुर खापमा आयोजित 'सीमावासीसँग सशस्त्र प्रहरी' कार्यक्रम तथा अन्तरक्रियामा सहभागीले उक्त समस्या बारे जानकारी दिएका...

सुर्खेतमा मालपोत कार्यालयमा आगलागी शनिबार, वैशाख २२, २०८१ आगलागीबाट स्टोरमा रहेका पुराना जिन्सी सामग्रीहरू जलेका छन्। एक थान दराज, मोटसाइकल एउटा, जेनरेटर दुई वटा, कुर्सी, टेबुल, कम्प्युटरका पुराना सीपीयू ६ थान र एक दर्जन प्लास्टिक कुर्सी जलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।

कालिञ्चोक भगवती दर्शन गर्न गएका वृद्धको मृत्यु शनिबार, वैशाख २२, २०८१ कालिञ्चोक भगवती दर्शन गर्न गएका एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा भीमेश्वर नगरपालिका-२ तिखातलका ६५ वर्षीय गोलान्दर बिक छन्।

हेटौंडामा एक युवकमाथि खुकुरी प्रहार, अवस्था गम्भीर शनिबार, वैशाख २२, २०८१ मकवानपुरको हेटौंडा बसपार्कमा शनिबार बिहान एक युवक माथि खुकुरी प्रहार भएको छ।बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १६ महेन्द्रनगर बस्ने १९ वर्षको आयुष कुँवरमाथि खुकुरी प्रहार भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

विश्व प्रेस स्वतन्त्रताको दिन पाकिस्तानमा पत्रकारको हत्या शनिबार, वैशाख २२, २०८१ वरिष्ठ पत्रकार तथा खुजदार प्रेस क्लबका अध्यक्ष मौलाना सिद्दिकी मेङ्गल आफ्नो कारमा पुग्दा खुजदार सहरको बाहिरी भागमा रहेको चोमरोक चोक नजिकै सडकको छेउमा राखिएको बम विस्फोट भएको एक वरिष्ठ प्रहरी अधिकारीले बताए।

तरकारीको मूल्य बढ्यो कि घट्यो?, हेर्नुहोस् मूल्यसूची शनिबार, वैशाख २२, २०८१ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार कालीमाटीमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरूको मूल्यसूची सार्वजनिक गरेको छ।

आईपीएलमा आज आरसीबी र गुजरात भिड्दै शनिबार, वैशाख २२, २०८१ जारी आईपीएलमा आरसीबीले अहिलेसम्म १० खेलमा ३ खेल जितेको छ भने ७ खेलमा हार बेहोरेको छ। ६ अंकसहित आरसीबी अंकतालिकामा पुछारमा रहेको छ। त्यसैगरी गुजरातले अहिलेसम्म १० खेलमा ४ खेल जितेको छ भने ६ खेलमा हार बेहोरेको छ। ८ अंक हासिल गरेको गुजरात अंक तालिकामा आठौँ स्थानमा रहेको छ।

भोलिदेखि काठमाडौंका यी स्थानमा ६ दिन विद्युत् अवरुद्ध हुने शनिबार, वैशाख २२, २०८१ काठमाडौंका विभिन्न स्थानमा भोलिबाट विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य हुने भएकाले विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

‘डीभी’को नतिजा आज राति सार्वजनिक हुने, यसरी हेर्नुहोस् शनिबार, वैशाख २२, २०८१ अमेरिकाको डाइभर्सिटी भिसा (डीभी) को नतिजा शनिबार सार्वजनिक हुने भएको छ।

काठमाडौं महानगरले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने, आवेदन आह्वान शनिबार, वैशाख २२, २०८१ त्यसका लागि महानगरपालिकाले आवेदन आह्वान गरेको छ।

यी पाँच प्रदेशमा आज चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख २२, २०८१ पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिक देखि साधारणतया बदली छ।









