News Griha :: न्यूजगृह
‘डीभी’को नतिजा आज राति सार्वजनिक हुने, यसरी हेर्नुहोस्
तस्बिरः नेपालस्थित अमेरिकी दूतावास

काठमाडौं— अमेरिकाको डाइभर्सिटी भिसा (डीभी) को नतिजा शनिबार सार्वजनिक हुने भएको छ। 

नेपालस्थित अमेरिकी दूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै शनिबार डीभीको नतिजा सार्वजनिक गर्ने जानकारी दिएको हो। 

शनिबार राति ९ बजेबाट दूतावासले उपलब्ध गराएको dvprogram.state.gov/ESC/ मा गएर नतिजा हेर्न सकिनेछ।

यो समयमा अन्य अनाधिकृत वेबसाइटमासमेत डीभीको नतिजा हेर्न सकिने भन्दै हैरानी दिने गरेको पाइन्छ।

जसकारण दूतावासको आधिकारीक बेवसाइट dvprogram.state.gov/ESC/ मा गएर आफ्नो कन्फर्मेशन नम्बर डायल गरी नतिजा हेर्न दूतावासले आग्रह गरेको छ।

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  ०८:०१
Weather Update