इजरायलसँगको व्यापार बन्द गर्ने टर्कीको घोषणाशुक्रबार, वैशाख २१, २०८१

सशस्त्रको केन्द्रीय गोदामघरमा आगलागी प्रकरण: छानबिन समितिले बुझायो प्रतिवेदन शुक्रबार, वैशाख २१, २०८१ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव पाण्डे नेतृत्वको समितिमा सशस्त्रका डीआईजी किशोर प्रधान, महालेखा परीक्षकको कार्यालयका प्रतिनिधि, उपसचिव सागरमणि पाठक र कम्प्युटर इन्जिनियर शुस्मा श्रेष्ठ सदस्य थिए।

आज विश्व प्रेस स्वतन्त्रता दिवस शुक्रबार, वैशाख २१, २०८१ आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस।‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइदै छ।

सर्लाहीको विष्णु गाउँपालिकामा भीषण आगलागी शुक्रबार, वैशाख २१, २०८१ भारतसँग सीमा जोडिएको सर्लाहीको विष्णु गाउँपालिकाको एक बस्तीमा भीषण आगलागी भएको छ। आगलागीबाट ७२ घर जलेर नष्ट भएको छ।विष्णु गाउँपालिका- १ बाराउद्योरणस्थित एक बस्तीमा बिहीबार दिउँसो आगलागी हुँदा ७२ परिवार घरबारविहीन बनेका हुन्। स्थानीय चन्द्रेश्वर राउत, बिकी राउत, रामु राउत, श्यामु राउत, चतुरभुज राउतलगायतको घर जलेर नष्ट भएका हुन्।

रहेनन् भेलुबाजे शुक्रबार, वैशाख २१, २०८१ सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएका प्यूठानका मिनबहादुर बुढामगर (भेलुबाजे)को मृत्यु भएको छ।बिहीबार उपचारको क्रममा जिल्ला अस्पताल विजुवार प्यूठानमा उनको मृत्यु भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा प्रमिला खनालले जानकारी दिइन्।

भारतबाट इन्टरनेटको लिङ्क काटिएको भन्दै सेवाप्रदायकले उपभोक्तालाई ठगेका हुन्? शुक्रबार, वैशाख २१, २०८१ नेपाल दूरसञ्चार प्राधिकरणमा दर्ता भएका एक सय २२ वटा इन्टरनेट सेवाप्रदायकहरू र २३ वटा नेटवर्क सेवाप्रदायकमध्ये केही इन्टरनेट सेवाप्रदायकबाहेक अन्य दूरसञ्चार सेवाप्रदायकले नियमअनुसार तिर्नु बुझाउनुपर्ने शुल्क बुझाएका सेवाप्रदायकहरूको विदेशी मुद्रा सट्टा सिफारिस नेपाल दूरसञ्चार प्राधिकरणको सिफारिसमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने कानुनी व्यवस्थाबमोजिम नियमित सिफारिस भइरहेको पनि मन्त्रालयले जनाएको...

सहकारी समस्या समाधान गर्न सरकारले बनायो समिति बिहीबार, वैशाख २०, २०८१ बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त जानकारी दिएकी हुन्। ‘समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्ष पदमा उच्च अदालतका पूर्वन्यायाधीश श्री रमणकुमार गौतमलाई नियुक्त गर्ने‚’ उनले भनिन्, ‘यसको समस्या समाधान गर्नु नै थियो। त्यही समस्या समाधानका लागि एउटा समिति गठन भएको छ।’

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन बिहीबार, वैशाख २०, २०८१ किरण २००५ सालमा निजामती सेवामा प्रवेश गरेकी थिइन्। उनले निजामती कर्मचारी प्रशासनको माथिल्लो नेतृत्व सचिव पदमा पहिलो महिला सचिवको रुपमा सेवा गरेकी थिइन्।

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त बिहीबार, वैशाख २०, २०८१ उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले मंगलबार सुदूरपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि प्राडा पन्तसहित, प्राडा अक्कलदेव मिश्र र प्राडा भवानीदत्त जोशीको नाम सिफारिस गरेको थियो।

मोरङमा एक महिलाको अर्धनग्न शव फेला, श्रीमान् फरार बिहीबार, वैशाख २०, २०८१ सुन्दरहरैंचा नगरपालिका–५ गोर्खाली टोलकी ४५ वर्षीया मनमाया तामाङको शव आफ्नै घरभित्र अर्धनग्न अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

५३ जिल्लाका ४३६ स्थानमा डढेलो बिहीबार, वैशाख २०, २०८१ प्राधिकरणका डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म पानी नपर्ने र हावा चलेका कारण डढेलो फैलिरहेको बताए। 'आज पनि देशभर डढेलोको अवस्था बिराल बनेको छ। नेपालको भौगोलिक बिकटताका कारण नियन्त्रणमा थप समस्या उत्पन्न भइरहेको छ,' उनले भने, 'पानी परेको छैन तर हावा हुरीका कारण डढेलो फैलिरहेको छ।'

सर्वोच्चले सिधाकुरालाई अडिओ दिने राजकुमार तिमल्सिनालाई बयानका लागि बोलायो बिहीबार, वैशाख २०, २०८१ सर्वोच्च अदालतले सिधाकुरा अनलाइनले सार्वजनिक गरेको 'डार्क फाइल'को अडिओ स्रोतसँग पनि बयान लिने भएको छ ।बिहीबार सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको संयुक्त इजलासले सिधाकुरालाई अडिओ उपलब्ध गराउने ललितपुरका राजकुमार तिमिल्सिनालाई बयानका लागि बोलाउन आदेश दिएको हो।

कर्णालीमा डुबेर एक जना बेपत्ता बिहीबार, वैशाख २०, २०८१ नुहाउने क्रममा उनी बेपत्ता भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय, चिसापानीको टोलीले उनको खोजी सुरु गरेको छ। बिहीबार दिउँसो १२ बजेर ४० मिनेट तिर उनी नदीमा बेपत्ता भएका हुन्।









