इनार खन्ने क्रममा निसास्सिएर दुई जनाको मृत्युबुधबार, वैशाख १९, २०८१

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ७५ वर्षीय वृद्ध पक्राउ बुधबार, वैशाख १९, २०८१ खनालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी आर्यभन्ज्याङ बाट खटिएको प्रहरीले मंगलबार राति पक्राउ गरेको हो।

श्रीमतीको हत्या गरेर श्रीमानले गरे प्रहरी समक्ष आत्मसमर्पण बुधबार, वैशाख १९, २०८१ उनले आफूले श्रीमती ३५ वर्षीया अनिशा चाहारको हत्या गरेको प्रहरीलाई बताएका छन्। सन्तोषले मंगलबार राति १ बजेतिर श्रीमतीलाई कुटपिट गर्दा मृत्यु भएको बताएका प्रहरी वृत्त बौद्धले जनाएको छ।

२९औँ पटक सगरमाथा आरोहण गर्न आधार शिविरमा कामिरिता बुधबार, वैशाख १९, २०८१ सगरमाथाको २८ पटक आरोहण गरी विश्व कीर्तिमान बनाएका कामिरिता शेर्पा आफ्नै कीर्तिमानी तोड्ने तरखरमा रहेका छन्। गत वर्ष सगरमाथा चुचुरोमा २८औँ पटक पाइला टेकेका उनी यस वर्ष २९औँ पटक आरोहणको तयारीमा रहेका छन्। सगरमाथा आरोहणका लागि कामिरिता आधार शिविर पुगिसकेका छन्।

के हो सरकारले सुरु गरेको श्रमाधान सेवा? बुधबार, वैशाख १९, २०८१ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमाधान सेवाको सुरुवात गरेको छ। बुधबार १३५औँ विश्व मजदुर दिवसको अवसरमा श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यले सरकारले श्रमाधान सेवाको सुरुवात गरेको श्रममन्त्री डोलप्रसाद अर्यालले बताए।

कपिलवस्तुको वाणगङ्गामा श्रीमान्–श्रीमती मृत फेला बुधबार, वैशाख १९, २०८१ ६० वर्षका श्रीमान् टेकलाल भुसाल र ५५ वर्षकी श्रीमती जुठी भुसाल घरभित्रै मृत फेला परेको इलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ।

यसकारण पर्यटन बोर्डको सीईओ छनोट प्रक्रिया अवरुद्ध बुधबार, वैशाख १९, २०८१ नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रियाका सम्बन्धमा पाटन उच्च अदालतले अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र कैलाशदेव सुवेदीको संयुक्त इजलासले यस अघि जारी अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता दिँदै यो रिट निवेदनलाई अग्राधिकारमा राखिएको हो।

वेस्ट इन्डिजविरुद्धको तेस्रो खेलमा दीपेन्द्र कप्तान, रोहितलाई आराम बुधबार, वैशाख १९, २०८१ किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने सिरिजको तेस्रो खेलमा रोहित पौडेललाई विश्राम दिइएको छ।

अत्यधिक गर्मीले तराईमा खोला नाला सुके, पानी नपाएर मर्न थाले जनावर बुधबार, वैशाख १९, २०८१ रौतहटस्थित लाल बकैया नदि लगायत ससाना खोला नाला सुक्न थालेपछि चौपाया र चराचुरुङ्गी मर्न थालेका छन्। करिब दुई महिना आगाडि देखि लाल बकैया नदि सुकेका छन्। पछिल्लो पटक २०८९ साल फाल्गुन महिनामा पानी परेको थियो। त्यसपछि लगातार तापक्रम दैनिक बढोत्तरी हुँदै आएको छ। हिजो मंगलबार रौतहटको अधिकतम तापक्रम ४४ डिग्री...

इलाम २ उपनिर्वाचनमा पराजित मिलन लिम्बू साग पसल खोल्दै बुधबार, वैशाख १९, २०८१ इलाम २ को उपनिर्वाचनमा पराजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बूले अब साग पसल खोल्ने बताएका छन्।बुधबार बिहान सामाजिक सञ्जालमार्फत आफूले निर्वाचनअगाडि पत्रकारसँग भनेको कुरा स्मरण गर्दै साग बेचेरै भए पनि जनताको सेवा गर्ने प्रतिबद्धता प्रकट गरेका हुन्।

इलाममा भ्यान दुर्घटना, चालकको मृत्यु, एक गम्भीर घाइते बुधबार, वैशाख १९, २०८१ बुधबार बिहान भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी भ्यानका चालक देउमाई नगरपालिका–६ का २५ वर्षीय दिपेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले बताए।

रियल म्याड्रिड र बायर्न म्युनिखले बराबरी खेले बुधबार, वैशाख १९, २०८१ खेलको २४ औं मिनेटमा रियलले भिनिसियस जूनियरको गोलबाट खेलमा अग्रता लिएको थियो। पहिलो हाफमा रियलले अग्रता लियो। तर दोस्रो हाफको सुरुवाती समयमा नै बायर्नले पुनरागमन गर्न सफल भयो। ५३औं मिनेटमा लिरोए सानेले एकल रन बनाएर गरेको शक्तिशाली प्रहारको मद्दतमा बायर्न खेलमा बराबरी गर्यो। त्यसको चार मिनेट पछि बायर्नले खेलमा अग्रता...

अश्लील भिडिओ बनाएर एकल महिलालाई ब्ल्याक मेल गर्ने युवक पक्राउ बुधबार, वैशाख १९, २०८१ अश्लील भिडिओ बनाएर ब्ल्याक मेल गर्दै पटकपटक करणी गर्ने एक युवक रूपन्देहीबाट पक्राउ परेका छन्। रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १३ मा बस्ने ३६ वर्षीय सिद्धार्थ गुरुङ एक महिलालाई करणी गरेको अभियोगमा पक्राउ परेका हुन्।









