News Griha :: न्यूजगृह
इनार खन्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु

काठमाडौं— भक्तपुर चाँगुनारायण नगरपालिक–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा निसास्सिएर दुईजनाको मृत्यु भएको छ। 

भाडाको जग्गा टहरो हालेर बस्दै आएका रामेछाप उमाकुण्ड गाँउपालिका–४ प्रिति घर भएका २८ वर्षीय  सन्देश सुनुवार र निजको काका ४६ वर्षीय दीपक सुनुवारको बुधबार मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका राजन कार्कीले जानकारी दिए। 

आफू बसेको जग्गामा इनार खन्ने क्रममा अन्दाजी ५५ फिट तल पुग्दा ग्यास निस्केर अचेत अवस्थामा रहेको जानकारी पाएलगत्तै उद्धार टोली घटनास्थल पुगेको थियो। उद्धार गरी उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो। 

अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको र शव परीक्षणका लागि भक्तपुर अस्पतालमा राखिएको कार्कीले जानकारी दिए। 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १९:२९
Weather Update