News Griha :: न्यूजगृह
इलाममा भ्यान दुर्घटना, चालकको मृत्यु, एक गम्भीर घाइते

इलाम— बुधबार बिहान भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी भ्यानका चालक देउमाई नगरपालिका–६ का २५ वर्षीय दिपेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले बताए। 

 भ्यानमा सवार इलाम नगरपालिका–५ का २६ वर्षका विश्वास राई गम्भीर घाइते छन्। उनलाई उपचारका लागि झापा पठाइएको प्रहरी नायब उपरीक्षक जबेगुले जानकारी दिए। 

झापाबाट इलाम आउँदै गरेको मे १ ज ३२६३ नम्बरको भ्यान मेची राजमार्गअन्तर्गत रोङ गाउँपालिका–४ बाइखोरमा दुर्घटना भएको हो। 

भ्यान राजमार्गबाट करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ।   

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  ०९:१५
Prabhu BankPrabhu Bank
Weather Update