News Griha :: न्यूजगृह
कपिलवस्तुको वाणगङ्गामा श्रीमान्–श्रीमती मृत फेला

कपिलवस्तु— कपिलवस्तुको वाणगङ्गा नगरपालिका वडा नम्बर ८ ढोडेकोलमा श्रीमान्–श्रीमती मृत फेला परेका छन्। 

बुधबार बिहान साढे ८ बजेतिर उनी मृत फेला परेको प्रहरीले जनाएको छ।

६० वर्षका श्रीमान् टेकलाल भुसाल र ५५ वर्षकी श्रीमती जुठी भुसाल घरभित्रै मृत फेला परेको इलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ।

मृतक श्रीमान् भर्याङमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए भने श्रीमती खाटमा फेला परेकी हुन्।  

घटना हुँदा घरमा अरु कोही नभएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १२:५७
Weather Update