News Griha :: न्यूजगृह
१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ७५ वर्षीय वृद्ध पक्राउ 

पाल्पा— १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रम्भा गाउँपालिका-४ बक्चौर बस्ने ७५ वर्षीय पदम बहादुर खनाल छन्। 

खनालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी आर्यभन्ज्याङ बाट खटिएको प्रहरीले मंगलबार राति पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १८:२६
Weather Update