News Griha :: न्यूजगृह
श्रीमतीको हत्या गरेर श्रीमानले गरे प्रहरी समक्ष आत्मसमर्पण

काठमाडौं—  काठमाडौं भूगोलडाँडामा एक युवकले श्रीमतीको हत्या गरेर प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ घर भई भूगोलडाँडा डेरा गरी बस्ने ३५ वर्षीय सन्तोष परियारले बुधबार प्रहरी वृत्त बौद्धमा आत्मसमर्पण गरेका हुन्।

उनले आफूले श्रीमती ३५ वर्षीया अनिशा चाहारको हत्या गरेको प्रहरीलाई बताएका छन्। सन्तोषले मंगलबार राति १ बजेतिर श्रीमतीलाई कुटपिट गर्दा मृत्यु भएको बताएका प्रहरी वृत्त बौद्धले जनाएको छ।

अनिशाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ। 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  १८:१२
Weather Update