News Griha :: न्यूजगृह
अत्यधिक गर्मीले  तराईमा खोला नाला सुके, पानी नपाएर मर्न थाले जनावर 
प्रतीकात्मक तस्बिर।

काठमाडौं— रौतहटस्थित लाल बकैया नदि लगायत ससाना खोला नाला सुक्न थालेपछि चौपाया र चराचुरुङ्गी मर्न थालेका छन्। करिब दुई महिना आगाडि देखि लाल बकैया नदि सुकेका छन्। पछिल्लो पटक २०८९ साल फाल्गुन महिनामा पानी परेको थियो। त्यसपछि लगातार तापक्रम दैनिक बढोत्तरी हुँदै आएको छ। हिजो मंगलबार रौतहटको अधिकतम तापक्रम ४४ डिग्री सेल्सिएस रेकर्ड गरिएको थियो। 

तापक्रम बढेसँगै पश्चिमी वायुको तेज गतिले समान्य मानिसको जनजिवन लगायत सबै  सजीव प्राणी बोटबिरुवा साथै बालीनालीमासमेत असर परेको छ। यसैबीच पानी खान नपाएर जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर २ स्थित एउटा जंगली चौपाया मृत अवस्था फेला परेको पत्रकार कमल यादवले बताए। 

प्राकृतिक खोला नदि सुकिसकेका कारण जंगली जनावर, पक्षी पानी खान नपाएर मर्न थालेका हुन्। लाल बकैया नदिको दायाँ बायाँ करिब ५/५ किलो मिटर दुबै तर्फ दूरीमा निजी तथा सार्वजनिक पोखरी नरहेका कारण जंगली तथा छाडा चौपायालाई पानी खान समस्या भएको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहले बताए।

पानीको समस्या मधेसमै बढ्दै गएको बताउँदै नगरप्रमुख साहले यस्तै गर्मी रहे प्राय जसो ह्यान्ड पाइप सुक्ने र मानिसलाई पानी खान समेत समस्या हुने बताए। चौपाया तथा जंगली जनावर चराचुरुङ्गीलाई आफूले स्थानीयस्तरबाट जन श्रमदान गरि सुकिसकेको  लाल बकैया नदिमा पोखरी खनेर पानी पिउनका लागि व्यवस्था मिलाउन प्रयास गर्ने पूर्व नगर प्रमुख धर्मेन्द्र पटेलले बताए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  ०९:५५
Prabhu BankPrabhu Bank
Weather Update