News Griha :: न्यूजगृह
सर्लाहीको विष्णु गाउँपालिकामा भीषण आगलागी

सर्लाही— भारतसँग सीमा जोडिएको सर्लाहीको विष्णु गाउँपालिकाको एक बस्तीमा भीषण आगलागी भएको छ। आगलागीबाट ७२ घर जलेर नष्ट भएको छ।

विष्णु गाउँपालिका- १ बाराउद्योरणस्थित एक बस्तीमा बिहीबार दिउँसो आगलागी हुँदा ७२ परिवार घरबारविहीन बनेका हुन्। स्थानीय चन्द्रेश्वर राउत, बिकी राउत, रामु राउत, श्यामु राउत, चतुरभुज राउतलगायतको घर जलेर नष्ट भएका हुन्।

Prabhu Bank

बाराउद्योरणका स्थानीयका अनुसार शत्रुधन राउतको घरबाट आगलागी सुरु भएको हो। आगलागी भएपछि उनको घरमा रहेको ग्यास सिलिण्डर विस्फोट भएपछि आगो गाउँतिर फैलिएको र पटकपटक आधा दर्जन ग्यास सिलिण्डर विस्फोट हुँदा आगलागीले भीषण रुप लिएको थियो।

सशस्त्र प्रहरी नम्बर १० गणका प्रमुख प्रहरी उपरीक्षक विनोदराज खनालले आगलागी नियन्त्रणमा आइसकेको जानकारी दिए। उनका अनुसार ७२ परिवार घरवारविहीन भएको जानकारी आएको छ।

आगलागीबाट क्षतिसहित विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  ०५:३०
राजनीति
विशेष
Weather Update