News Griha :: न्यूजगृह
सर्वोच्चले सिधाकुरालाई अडिओ दिने राजकुमार तिमल्सिनालाई बयानका लागि बोलायो 

काठमाडौं— सर्वोच्च अदालतले सिधाकुरा अनलाइनले सार्वजनिक गरेको ‘द डार्क फाइल’को अडिओ स्रोतसँग पनि बयान लिने भएको छ ।

बिहीबार सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको संयुक्त इजलासले सिधाकुरालाई अडिओ उपलब्ध गराउने ललितपुरका राजकुमार तिमिल्सिनालाई बयानका लागि बोलाउन आदेश दिएको हो।

Prabhu Bank

न्यायाधीशद्वय फुँयाल र पौडेलको इजलासले सिधा कुरा डटकमका प्रकाशक युवराज कँडेलको बयान लिएपछि 'स्टिङ अप्रेसन' गर्ने भनिएका तिमल्सिनालाई बयानका लागि बोलाउने आदेश गरेको हो ।

सर्वोच्चमा बयानका क्रममा सिधाकुराका प्रकाशकसमेत रहेका युवराज कँडेलले आफूहरूलाई तिमिल्सिनाले अडिओ उपलब्ध गराएको बताएका थिए।

तिमल्सिना अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लागि 'स्टिङ अप्रेसन' गर्ने र सरकारी साक्षी बस्ने लगायतका काममा विगतमा संलग्न भएका व्यक्ति हुन्।

सिधाकुराका सम्पादक नवीन ढुंगाना र प्रकाशक कँडेललाई बिहीबार अदालतको अवहेलना मुद्दा बयानका लागि बोलाइएको थियो। बिहीबार कँडेलको मात्रै बयान सकिएको छ। ढुंगानालाई शुक्रबार बयानका लागि बोलाइएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १८:२७
राजनीति
विशेष
Weather Update