News Griha :: न्यूजगृह
रहेनन् भेलुबाजे

काठमाडौं— सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएका प्यूठानका मिनबहादुर बुढामगर (भेलुबाजे)को मृत्यु भएको छ।

बिहीबार उपचारको क्रममा जिल्ला अस्पताल विजुवार प्यूठानमा उनको मृत्यु भएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा प्रमिला खनालले जानकारी दिइन्।

Prabhu Bank

एक्कासि सास फेर्न गाह्रो भएपछि बिहीबार दिउँसो उनलाई जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।

ठट्यौलीमा कुरा गर्ने उनी युट्युबमा लोकप्रिय थिए।

प्यूठान नगरपालिका- ५ जुम्रिकाँडा निवासी भेलुबाजे श्रीमती बिस्ना बुढाको मृत्युपछि विक्षिप्त थिए। उनकी श्रीमतीको एक वर्षअघि मृत्यु भएको थियो।

त्यसयता उनले निकै एक्लो र निराशाका कुरा गरिरहेको सोसल मिडियामा आएका भिडिओमा देख्न सकिन्थ्यो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  ०४:३७
राजनीति
विशेष
Weather Update