सिधाकुरा डटकमसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा, आइतबार सुनुवाइशुक्रबार, वैशाख २१, २०८१

वायु प्रदूषणबाट दीर्घरोगी र ज्येष्ठ नागरिकलाई कसरी जोगाउने ? शुक्रबार, वैशाख २१, २०८१ वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले डढेलो तथा आगलागीका घटनाहरू बढेसँगै केही दिनयता वायु प्रदूषणका कारण जनस्वास्थ्यमा असर परेको देखिएकाले त्यसबाट जोगिन अपिल गरेको छ।वायु प्रदूषणका कारण आँखा पोल्ने, नाक चिलाउने, घाटी खसखसाउने, खोकी लाग्ने समस्या तुरुन्त देखिने गर्दछन् भने दीर्घकालीन रूपमा श्वासप्रश्वास, मुटु, गर्भावस्थामा जटिलतालगायतका विभिन्न स्वास्थ्य समस्या...

भारतका प्रधानन्यायाधीश काठमाडौंमा, यस्तो छ भ्रमण तालिका शुक्रबार, वैशाख २१, २०८१ भारतका प्रधानन्यायाधीश डा धनन्जय यशवन्त चन्द्रचुड नेपाल भ्रमणमा आएका छन्। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा उनी शुक्रबार नेपाल आएका हुन्। उनी आइतबारसम्म नेपालमा रहने कार्यतालिका छ। भ्रमण टोलीमा चुन्द्रचुडकी पत्नी कल्पना दास, भारतको सर्वोच्च अदालतका रजिस्ट्रार राकेश कुमार र कोर्ट मास्टर चेतन अरोरा पनि छन्।

झापामा छात्रालाई गोली हान्ने पूर्वशिक्षक, गरेका थिए प्रेम प्रस्ताव शुक्रबार, वैशाख २१, २०८१ झापाको दमक नगरपालिका–५ ज्येष्ठ नागरिक भवन अगाडि शुक्रबार दिउँसो साढे १२ बजेतिर एक किशोरीमाथि गोली प्रहार भयो। घाइते किशोरीलाई ‘रेस्क्यु’ गरेर दमकस्थित लाइफलाइन अस्पताल लगियो।प्रहरी सोधपुछका क्रममा घाइते किशोरी १८ वर्षीया एनिका अधिकारी रहेको खुल्यो। कक्षा १२ को परीक्षा दिएर फर्किने क्रममा घटना भएको पनि खुल्यो।

चौधरी ग्रुपको सीजी फुड्स पार्कमा आक्रमण, १७ महिलासहित २२ जना पक्राउ शुक्रबार, वैशाख २१, २०८१ ललितपुरको भैँसेपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण गरेको आरोपमा प्रहरीले २२ जनालाई नियन्त्रणमा लिएको छ।पक्राउ पर्नेमा १७ महिला र ५ पुरुष छन् ।

भरपर्दो इन्टरनेट सेवा नदिने सेवा प्रदायकलाई कारबाही गरिने शुक्रबार, वैशाख २१, २०८१ नेपाल दूरसञ्चार प्राधिकरणले भरपर्दो इन्टरनेट सेवा उपलब्ध नगराउने सेवा प्रदायकहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ।इन्टरनेट सेवा अत्यावश्यक सेवा भएको बताउँदै प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ तथा अनुमतिपत्रको सर्त बमोजिम भरपर्दो एवम् गुणस्तरीय सेवाको सुनिश्चितता गरी उपभोक्तालाई निर्वाध रूपमा सेवा उपलब्ध गराउन सेवा प्रदायकहरूलाई निर्देशन दिएको हो।

चन्द्रागिरि नगरपालिकाले दियो वैशाख २६ मा सार्वजनिक बिदा शुक्रबार, वैशाख २१, २०८१ मातातीर्थ औंशीका अवसरमा हरेक वर्ष चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ महादेवस्थानस्थित मातातीर्थ कुण्डमा विशेष मेला लाग्नेगर्छ।

नेपाल सरकारका ६ सचिवको सरुवा शुक्रबार, वैशाख २१, २०८१ सरकारले ६ सचिवहरुको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६ सचिवको सरुवा गर्ने निर्णय गरेको सञ्चार एवं सूचनाप्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। जसअनुसार दीपक काफ्लेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरेको छ भने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेलाई लगेको...

के हुँदैछ सरकारले सञ्चालन गर्ने घोषणा गरेको गोरखकाली रबर उद्योगको काम? शुक्रबार, वैशाख २१, २०८१ ९ वर्षदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनःसञ्चालन गर्ने योजना कार्यान्वयनमा आउन सकेको छैन। सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा रुग्ण अवस्थाको सो उद्योग सञ्चालनमा ल्याउने घोषणा गरेको थियो। सरकार र राजनीतिक नेतृत्वबाट उक्त उद्योग चलाउने प्रतिबद्धता आएपनि कार्यान्वयनमा ढिलाइ भइरहेको हो।

दमकमा गोली चल्यो, किशोरी घाइते शुक्रबार, वैशाख २१, २०८१ स्थानीय हिमालय माध्यमिक विद्यालयबाट परीक्षा दिएर फर्कने क्रममा उनीमाथि गोली प्रहार भएको हो। प्रहरीका अनुसार अधिकारीको घर उदयपुरको लिङचिङबुङ गाउँपालिका वडा नम्बर ३ हो। उनी दमक नगरपालिका वडा नम्बर ५ मा डेरामा बसेर बढ्दै आएकी थिइन्।
-1714718494.jpg)
प्रेस स्वतन्त्रतामाथि संकुचन हुन दिइँदैन: प्रधानमन्त्री प्रचण्ड शुक्रबार, वैशाख २१, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रतामाथि कुनै पनि किसिमको नियन्त्रण वा संकुचन हुन नदिइने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल पत्रकार महासंघको २७औँ महाधिवेशनका अवसरमा आज काठमाडौं आयोजित कार्यक्रममा उनले आमसञ्चार माध्यमलाई नियन्त्रण गर्नेभन्दा पनि स्वनियमन बस्नुपर्ने बताए।

अर्को साता पानी पर्ने शुक्रबार, वैशाख २१, २०८१ पछिल्लो समय पानी नपरेका कारण जमिन सुख्खा भइ डढेलोको समस्या बिकराल बनिरहेका बेला अर्को साता पानी पर्ने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागले आगामी साताको मौसम पूर्वानुमान सार्वजनिक गर्दै हल्का वर्षाको सम्भावना रहेको जनाएको हो।
-1714714226.jpg)
कर नतिर्ने आरबी कम्प्लेक्स र पिपुल्स प्लाजामा महानगरको टोली, तीन वर्षदेखि तिरेका छैनन् कर शुक्रबार, वैशाख २१, २०८१ न्यूरोडमा रहेको आरबी कम्प्लेक्स (रणमुक्तेश्वर विजनेस कम्प्लेक्स) र ‘पिपुल्स प्लाजा’ ले काठमाडौं महानगरपालिकालाई अहिलेसम्म बहाल कर नतिरेको पाइएको छ। यी दुवै प्लाजा वडा नं. २२ मा छन्। आरबी कम्प्लेक्सले सम्पत्ति कर तिरेकै छैन। पिपुल्स प्लाजाले नियमित ३ आर्थिक वर्षको तिरेको छैन। वहाल कर दुवैले तिरेका छैनन्।









