News Griha :: न्यूजगृह
नेपाल सरकारका ६ सचिवको सरुवा 

काठमाडौं— सरकारले ६ सचिवहरुको सरुवा गरेको छ। 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६ सचिवको सरुवा गर्ने निर्णय गरेको सञ्चार एवं सूचनाप्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। 

जसअनुसार दीपक काफ्लेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरेको छ भने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गणेश पाण्डेलाई लगेको छ।

त्यस्तै लुम्बिनी प्रदेश प्रमुख सचिव राधिका अर्याललाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ। 

त्यसैगरी वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खराललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशुपन्छी विकास सचिवका रुपमा सरुवा गरिएको छ। 

पशुपन्छी मन्त्रालयका रेवतीरमण पौडेललाई कृषि विकास सचिवको जिम्मा दिइएको छ, भने कृषि मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मालाई वन मन्त्रालयमा सरुवा गरिएको छ। 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १७:१८
Weather Update